फुटबल संघ दोलखाले चयन गर्यो नयाँ समिति
आइतबार, ३० पुस २०७४, १७ : २६
दोलखा– अखिल नेपाल फुटबल संघ दोलखाले नयाँ कार्यसमिति चयन गरेको छ । संघको चौथो जिल्ला अधिबेशनले गोबिन्द श्रेष्ठको अध्यक्षतामा नया कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
जिल्ला अधिवेशनले संघको उपाध्यक्षहरुमा राजेश थापा, बलराम जिरेल र जयबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । महिला सदस्यमा शान्ति कार्की र खुल्ला सदस्यहरुतर्फ बाबुकाजी बस्नेत, निलकुमार श्रेष्ठ, यमबहादुर थामी, पवन खड्का, शंकर श्रेष्ठ, लालबहादुर तामाङ,अशोक तामाङ र रोशन श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।
कार्यसमितिको पहिलो बैठकले संघका निवर्तमान अध्यक्ष बाबुकाजी बस्नेतलाई एन्फाको महाधिबेशनमा मताधिकार सहितको मुख्य प्रतिनिधि बनाउने निर्णय गरेको छ । साथै संघको महासचिवमा कौरब पाण्डे र कोषाध्यक्षमा बिपिन श्रेष्ठलाई मनोनित गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा