शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लिबर्टी ईनर्जी कम्पनीको आठौं बार्षिक साधारण सम्पन्न

आइतबार, ३० पुस २०७४, १७ : ०८
आइतबार, ३० पुस २०७४

काठमाडौं– लिबर्टी ईनर्जी कम्पनी लिमिटेडको आठौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबार सम्पन्न उक्त साधारणसभाले सर्वसाधारण (स्थानीय समेत) का लागि साधारण शेयर (क्ष्एइ) निष्काशन गर्ने प्रस्ताव पास गरी आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

हाल कम्पनीले ३ वटा जलविद्युत आयोजना अघि बढाएको छ । कम्पनीद्वारा निर्माणधीन लमजुङ जिल्लास्थित २५ मेगावाट क्षमताको दोर्दी “ए” जलविद्युत आयोजनाको २०७५ आश्विन मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखेर काम गरिरहेको छ ।

साथै कम्पनीद्वारा प्रबद्र्धित बाग्लुङ जिल्लास्थित बडीगाड खोलामा २१ मे.वा.क्षमताको बडिगाड खोला जलविद्युत आयोजना र लमजुङ जिल्लास्थित लोदोखोलाबाट १.७३ मे.वा. क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन कार्य आगामी १ भित्रमा सम्पन्न गर्ने गरी सर्वेक्षणको काम अघि बढाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप