लगानी मैत्री बातावरण बनाउन माग
आइतबार, ३० पुस २०७४, १७ : १७
भक्तपुर– भक्तपुरका उद्योगी–व्यवसायीहरुले लगानीमैत्री वातावरण निर्माण गर्न स्थानीय तहसँग माग गरेका छन् ।
भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष केपी अवालले सरकार र स्थानीय तहले पूर्वाधारको विकास नगरेकै कारण भक्तपुरको उद्योगधन्दा फष्टाउन नसकेको गुनासो समेत गरेका छन् ।
उनले पूर्वाधारको क्षेत्रका लगानी गरेमात्रै उद्योग व्यवसायमा लगानी भित्रयाउन सहज हुने पनि बताए ।
आईतबार भक्तपुरमा आयोजित संचारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष अवालले लगानी मैत्री वातावरणको अभावमा भक्तपुरमा पर्यटन उद्योग समेत सोचे अनुसार अघि बढन नसकेको गुनासो गरे ।
अध्यक्ष अवालले भक्तपुरमा उद्योग व्यवसाय फष्टाउन स्थानीय तहलाई सोही अनुसारको कार्ययोजना बनाउन आग्रह समेत गरे ।