शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कतारमा सागर आलेको प्रस्तुति हुने

आइतबार, ३० पुस २०७४, १७ : ०६
आइतबार, ३० पुस २०७४

कतार– उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाका गरीब, अनाथ तथा सुस्त मनस्थिती बालबालिकाहरुको आर्थिक सहयोगार्थ कतारमा सांगितिक कार्यक्रम हुने भएको छ । त्रियुगा नगर प्रबासी युवा समूह, कतारले नेपाल आईडलको चौथो फाइनलिस्ट तथा चर्चित गायक सागर आलेको साथमा कतारमा सांगितिक धमाका गर्ने भएको हो ।
आउँदो २३ फेव्रअरी २०१८ मा हुने उक्त सांगितिक धमाकामा त्रियुगा नगरपालिकाका स्थानीय कलाकारहरुको पनि साथ रहने छ, जसमा गायक फिरोज बस्नेत, डान्सरहरु एमजे मिथुन, रेखा राई र सबिता हुनेछन् ।
त्यस्तै  कतारमा रहेका कलाकारद्वय गायक देवराज न्यौपाने, लोक गायक रित कुमार श्रेष्ठको पनि प्रस्तुति रहनेछ । 
दोहाको अल अहली स्पोर्टस क्लब नजिकै अबस्थित रेजेन्सी हलमा हुने उक्त सांगितिक कार्यक्रम हुने बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप