शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

परशुराम धाममा मकर मेलाको तयारी तीब्र

आइतबार, ३० पुस २०७४, १७ : ०२
आइतबार, ३० पुस २०७४

डडेल्धरा– डडेलधुराको परशुराम धाममा मकर मेलाको तयारी अन्तिम अवस्थामा पुगेको छ । चार धाम मध्येको एक परशुराम धाम प्रचार–प्रसार नहँुदा ओझेलमा परेपछि पर्यटनको विकास गर्ने उद्येश्यसहित परशुराम धाममा हरेक बर्ष माघे संक्रान्तिका दिन मकर मेला लागाउँने गरेको  परशुरामधाम विकास क्षेत्र समितिका अध्यक्ष कैलाशकुमार पाण्डयले बताए ।

परशुराम धाममा भगवानका दश अवतारमध्ये एक परशुरामको अवतार भएको किम्बदन्ती रहदै आएको छ । उक्त धाममा हरेक बर्ष माघ १ गतेदेखि दुई दिनसम्म मकर मेला लाग्ने गरेको छ । मेला भर्न सूुदूरपश्चिमका बिभिन्न जिल्ला तथा छिमेकी राष्ट्र भारतबाट समेत तिर्थालु तथा दर्शजनार्थीहरु आउने गर्दछन् । 

स्कन्द पुराणमा उल्लेख भएअनुसार नजिकै रहेको पूर्णागीरी मन्दिरमा सती देवीको पूर्ण अंग पतन पछि भगवान शिव आएर यही धाममा लामो समय तपस्या गरेका थिए । पछि ईश्वरीय अवतारका लागि यही पुण्य भूमीमा परशुराम अवतार भएको किम्वदन्ती रहेको छ । चूरे पर्वत श्रृंखला र महाभारत पर्वतसँगै भारतको पूर्णागीरी पर्वतको मध्येभागमा रहेको परशुराम धाम डडेल्धुरासदरमुकाम देखि झण्डै १ सय किलोमिटर र कंचनपुर जिल्लाबाट ३९ किलोमिटरको दुरीमा पर्छ । 

धार्मिक पर्यटकीय दृष्टीकोणले पनि परशुराम धाम पर्यटक भित्र्याउन सकिने क्षेत्रहरु मध्येको रमणीय क्षेत्र मानिदै आएको छ  । 

धार्मिक पर्यटनका दृष्टीकोणले परशुराम धाम हिन्दूहरुको पवित्र धार्मिक स्थल भएपनि अन्य दृष्टिकोणले पनिे उत्तिकै महत्व राख्ने स्थानीयको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप