बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

तीन जिल्लामा ट्रयाक्टर दुर्घटनाः तीन युवकको मृत्यु

आइतबार, ३० पुस २०७४, १७ : ००
आइतबार, ३० पुस २०७४

काठमाडौं– दोलखाको गौरिशंकर गाउँपालिकामा ट्रयाक्टर दुर्घटनामा परेर एक युवक ज्यान गएको छ । गौरिशंकर गाउँपालिका २ जुँगु बस्ने चेतबहादुर खड्काको ट्रयाक्टरले च्यापिएर मृत्यु भएको हो ।

आइतबार तामाकोशीबाट बालुवा लिएर जुँगुतर्फ जाँदै गरेको को २ त ६१६८ नम्बरको ट्रयाक्टरमा च्यापिएर खड्काको मृत्यु भएको प्रहरीले बताएको छ ।  त्यस्तै, डडेल्धुरा नगरपालिका ५ भट्टराई टोल बस्ने २२ वर्षीय दिपक भट्टराईको पनि ट्रयाक्टर दुर्घटनामा परेर मृत्यु भएको छ । भट्टराईले चलाएको से १ त ९५८ नम्बरको ट्याक्टर स्थानीय रंगोल खोलामा पल्टिदा उनको ज्यान गएको हो । उनीसँगै ट्रयाक्टरमा यात्रारत नवराज भट्टराई भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ । 

उता,कैलालीमा पनि आज ट्रयाक्टर दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । जिल्लाको जोशीपुर गाउँपालिका २ गढीस्थि सडकमा से १ त ६८०७ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा ३४ वर्षीय राजाराम चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।  उनीसँगै घाइते भएका हरिप्रसाद चौधरीको भने अहिले उपचार भैरहेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप