तीन जिल्लामा ट्रयाक्टर दुर्घटनाः तीन युवकको मृत्यु
काठमाडौं– दोलखाको गौरिशंकर गाउँपालिकामा ट्रयाक्टर दुर्घटनामा परेर एक युवक ज्यान गएको छ । गौरिशंकर गाउँपालिका २ जुँगु बस्ने चेतबहादुर खड्काको ट्रयाक्टरले च्यापिएर मृत्यु भएको हो ।
आइतबार तामाकोशीबाट बालुवा लिएर जुँगुतर्फ जाँदै गरेको को २ त ६१६८ नम्बरको ट्रयाक्टरमा च्यापिएर खड्काको मृत्यु भएको प्रहरीले बताएको छ । त्यस्तै, डडेल्धुरा नगरपालिका ५ भट्टराई टोल बस्ने २२ वर्षीय दिपक भट्टराईको पनि ट्रयाक्टर दुर्घटनामा परेर मृत्यु भएको छ । भट्टराईले चलाएको से १ त ९५८ नम्बरको ट्याक्टर स्थानीय रंगोल खोलामा पल्टिदा उनको ज्यान गएको हो । उनीसँगै ट्रयाक्टरमा यात्रारत नवराज भट्टराई भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
उता,कैलालीमा पनि आज ट्रयाक्टर दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । जिल्लाको जोशीपुर गाउँपालिका २ गढीस्थि सडकमा से १ त ६८०७ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा ३४ वर्षीय राजाराम चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । उनीसँगै घाइते भएका हरिप्रसाद चौधरीको भने अहिले उपचार भैरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?
-
बजेट बनाउँदै राखेप : नेताका नाममा हुने प्रतियोगितालाई बजेट नदिने
-
मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै
-
तीन जना एसएसपीको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
छैटौँ सातामा ‘महजात्रा’, मनाउला त ५१ औँ दिन ?
-
काठमाडौँ–३१ का ६० जना ज्येष्ठ नागरिक सामूहिक सैलुङ भ्रमणमा