बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

धुर्मुसले झापामा बाँडे राहत

आइतबार, ३० पुस २०७४, १६ : ५३
आइतबार, ३० पुस २०७४

काठमाडौं–कलाकार सिताराम कट्टेल धुर्मुसले गृह जिल्ला झापाका दुई सय विपन्न घर परिवारलाई पनि न्यानो कपडा वितरण गरेका छन् ।
शितलहरले जनजीवन कष्टकर भईरहेका बेला कला धुर्मुसले विर्तामोडस्थित मुसहर र सन्थाल बस्तीका २ सय विपन्न परिवारलाई पनि कम्बल वितरण गरेका हुन् । 
 धुर्मुस सुन्तली फाउन्डेसनले आईतबार विहानबाट झापामा पनि न्यानो कपडा वितरण अभियान सुरु गरेको हो । चिसोका कारण गरिव समुदायको जीवन कष्टकर बन्न गएकाले राहत वितरण पनि सुरु गरिएको कलाकार कट्टेल धुर्मुसले बताए । 
धुर्मुस–सुन्तली फाउन्डेसनले चिसो र शितलहरका कारण तराईका विभिन्न जिल्लामा ज्यानै जान थालेपछि न्यानो कपडा वितरण अभियानसुरु गरेको हो ।
 चिसो प्रभावित अन्य जिल्लामा पनि राहत वितरण गरिने फाउन्डेसनका संस्थापक कलाकार कट्टेल धुर्मुसले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप