बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एक दृष्टिविहीन फोटोग्राफरको आँखाले कसरी देख्छ विश्व ?

आइतबार, ३० पुस २०७४, १६ : २७
आइतबार, ३० पुस २०७४

‘तपाई मलाई अपाङ्ग भन्नुको सट्टा अन्धा नै भन्नुहोस् । जब मलाई नै अन्धो भन्न वा मान्नमा लाज लाग्दैन भने तपाईंलाई भन्न किन अप्ठेरो लागिरहेको छ ?’

३८ वर्षका प्रणव लाल देख्न सक्दैनन् । उनी जन्मजात दृष्टिविहीन हुन् । तर, उनी फोटा खिच्छन् । साइबर सुरक्षा विशेषज्ञको रुपमा काम गर्छन् । र, हरेक दिन कुनै नयाँ प्रविधि, एपमा काम गर्छन् । उनी ब्लग पनि लेख्छन् र मिनेट–मिनेटको हिसाब राख्छन् । 

यदि तपाईले उनलाई ११ बजेर ३० मिनेटमा भेट्ने भनेर भन्नुभयो तर, भेट्दा ११ बजेर ३५ मिनेट भयो भने उनले तपाईलाई भन्नेछन्, ‘तपाईं भनेको समयभन्दा ५ मिनेट ढिला हुनु भयो । ’

देख्न सक्दैनन्....

प्रणव देख्न सक्दैनन तर उनको कथा करुणा रसले भरिएको छैन, वीर रसले भरिएको छ । त्यसैले यो कथा कुनै पीडितको होइन । 

भनाइ छ नि ‘मनले हारे हार हुन्छ, मनले जिते जित ।’ प्रणव यसका उदाहरण हुन् । उनी भन्छन् ‘म देख्न सक्दिन यो यस्तो सत्य हो जसलाई म परिवर्तन गर्न सक्दिन । त्यसकारण म यसैलाई सम्झेर आँशु बहाउनुभन्दा अथवा दुःखी भएर बस्नुभन्दा राम्रो हो यो दुःखसँग संघर्ष गर्नु ।’

बुबाको पुस्तक

प्रणवकी आमा भन्छिन्, ‘जब प्रणवको जन्म भयो । मलाई थाहा भयो कि उनी देख्न सक्दैनन् ।’ उनलाई दुःख त लाग्यो तर गुनासो थिएन ।

‘हामीलाई कहिले गुनासो भएन । तर प्रणवको बुबालाई लागेको थियो कि उनको छोराले आफ्नो हजुरबुवा र बुबाले पढेका पुस्तक पढन् सक्ने छैन । प्रणवका बुबाले ती सबै पुस्तक अरुलाई दिने योजना बनाएका थिए, तर प्रणवले त्यसो गर्न दिएनन् । त्यसपछि स्क्यानर आयो । जसको मद्दतले उसले एक एक पुस्तक पढ्यो । त्यसपछि प्रणवले आफ्नो बुबालाई भन्यो अब यी पुस्तक जसलाई दिने हो दिनुहोस् ।’

प्रणव पनि यस्ता आमाबाबु पाएकोमा आफूलाई भाग्यमानी ठान्छन् । उनीहरुले कहिले आफूलाई दृष्टिविहीन जस्तो महसुस हुन नदिएको र बन्धनमा नराखेको उनी बताउँछन् । 

कस्तो थियो बाल्यकाल ?

प्रणव भन्छन् ‘मैले स्वयं कहिलेपनि हार मानिँन जसले चुनौति पनि धेरै ठूलो लागेन । यद्यपि एक ठाउँबाट अर्को ठाउँ जान भने समस्या हुन्थ्यो । यसबाहेक गणितमा समस्या हुन्थ्यो किन त्यसलाई सुनेर हल गर्न सकिँदैन थियो ।’

प्रणव कहिल्यै दृष्टिविहीनका लागि बनेको विशेष स्कूलमा गएनन् । उनले सधैँ सामन्य स्कूल र कलेजमा पढे । 

फोटोग्राफर बन्ने सोच
‘यसको पछाडि कुनै ठूलो कारण छैन । केवल म मान्छेहरुको अगाडि ती फोटाहरु राख्न चाहन्थे जुन फोटो  म मात्र देख्न सक्थे ।’

ल्याण्डस्केप्स फोटोग्राफीमा रुची राख्ने प्रणवलाई मान्छेहरुको फोटा खिच्ने त्यति मन पदैन ।

आफ्नो ड्रिम प्रोजेक्टको बारेमा कुरा गर्दै उनी भन्छन् ‘म  इन्टरनेशनल स्पेस स्टेशनबाट पृथ्वीको फोटो खिच्न चाहन्छु । यसबाहेक बलिरहेको ज्वालामुखिको क्रेटरको पनि फोटो खिच्न चाहन्छु ।’

मलाई लाग्यो कि म त्यो देखाऊँ जुन केवल ममात्र देख्न सक्छु, अरु कोहि होइन ।’

‘ल्याण्डस्केप्सको फोटा खिच्नु मलाई सबै भन्दा मनपर्छ ।’ 

प्रणव आवाजलाई आधार बनाएर फोटो खिच्छन् ।

उनले कुनै प्रोफेशनल तालिम लिएका होइनन् । जुन उपकरण उनले प्रयोग गर्छन् । ती पनि उनी स्वयम्ले बनाएका हुन् । 

प्रणव भन्छन्, ‘म कुनैपनि मान्छेलाई देख्दिँन तर कुरा त गर्न सक्छु । जो मान्छेले देख्छन् उनीहरु मान्छेको रंग, शरीरको आधारमा आफू सामु भएको मानिसको

बारेमा धारणा बनाउँछन् । तर म कसैलाई देखेर होइन उसँग कुरा गरेर निश्चित गर्छु कि त्यो मान्छे कस्तो छ ।’

कसरी खिच्छन् फोटो ?
‘म फोटो खिच्नको लागि कुनै विशेष किसिमको प्राविधिको प्रयोग गर्दिँन । म मात्र लाइभ इमेजको आवाजको माध्यमबाट सम्झन्छ्ु ।’

‘म कानमा एउटा डिभाइस लगाउँछु । जसले म अगाडि राखेको वस्तु कहाँ छ भनेर बुझाउँछ । यदि कुनै चिज बाँयातर्फ छ भने बाँया कानमा आवाज आउन थाल्छ । यदि कुनै चिज दाँया तर्फ छ भने दाँया कानमा आवाज आउन थाल्छ । आवाजको पिचबाट मलाई अगाडि भएको चिजको उचाइ थाह हुन्छ । आवजको तिव्रताबाट मलाई ब्राइटनेस पनि थाह हुन्छ । आवाज जति बढी हुन्छ ब्राइटनेश पनि बढी हुन्छ ।’

के सोच्छन् उनका आमा बुबा ?
प्रणवकी आमा प्रणवलाई कहिल्यै पनि आफूले उनले देख्न सक्दैन भनेर नहुर्काएको बताउँछिन् ।

‘बाल्यकालदेखि नै उसले आफ्ना सबै काम आफैले गथ्र्यो । म केबल उसको कपडा भएको दराज ठीक गर्छु । बाँकी सबै काम आफै गर्छ । मलाई उसको कारणले

कहिल्यै दुःख भएन । मात्र एक गुनासो छ, ऊ समयको यति पक्का छ कि उसले अरुलाई पनि त्यस्तै बनाउँछ ।’

‘कहिलेकाहीँ उसको यो बानीबाट हैरान हुन्छु,’ प्रणवकी आमा भन्छिन्, ‘तर ऊ नै विश्वको सबैभन्दा असल छोरा हो ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप