शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साउदीमा अब महिलाहरुका लागि फुटबल खेल खुल्ला

आइतबार, ३० पुस २०७४, १६ : १३
आइतबार, ३० पुस २०७४

एजेन्सी– साउदी अरबका महिलाहरु पनि अबको दिनहरुमा फुटबल प्रतियोगीतामा सहभागीता जनाउन पाउने भएका छन् । केही दिनअघि पहिलो पटक  फुटबल प्रतियोगीतामा सहभागी भई साउदी महिलाले नयाँ इतिहास बनाएका छन् । 

जेद्दाहामा भएको प्रतियोगीतामा साउदी अरबका महिलाहहरु पहिलो पटक सहभागी जनाएर नयाँ इतिहास रचेका हुन् ।  यसअघि साउदी अरबमा रंगशालामा गएर फुटबल प्रतियोगिता हेर्न वा खेल्न महिलाहरुलाई प्रतिबन्ध गरिएको थियो । अब आफ्ना परिवारजनसँग फुटबल प्रयोगिता हेर्न वा र प्रतियोगितामा सहभागी हुन पनि सरकारले खुल्ला गरेको छ । 

हालै मात्र साउदी अरबको सरकारले किङ्ग अब्दुल्लाह स्पोटर्स सिटी रंगशालामा गएर खेल हेर्न महिलाहरुलाई पनि खुल्ला गरेको हो ।  रंगशालामा महिला दर्शकहरुका लागि छुट्टा छुट्टै प्रबेशद्धार, शौचालय, पार्किङस्थल लगायतको व्यवस्था गरिएको छ । 

प्रतियोगितामा खाडी राष्ट्रका महिलाहरुले नयाँ स्वतन्त्रताको पहिलो पटक फाईदा उठाएका छन् ।  यस वर्षको मध्यबाट साउदी सरकारले महिलाहरुलाई सवारी साधन चलाएर र चलचित्र हलहरुमा गएर चलचित्र हेर्न पाईने व्यवस्था पनि गर्ने निर्णय गरेको छ ।  साउदी अरब संभवतः कतिपय विषयमा महिलाका लागि विश्वमै सवै भन्दा धेरै अनुदार मुलुक मानिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप