शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालगञ्जबाट पोखरा सिधा उडान भर्दै बुध्द एयर

आइतबार, ३० पुस २०७४, १५ : ४४
आइतबार, ३० पुस २०७४

काठमाडाैं-बुध्द एयरले आउँदो वैशाख १ (14 April) देखि नियमित रुपमा पोखराबाट नेपालगञ्ज तथा नेपालगञ्जबाट पोखरा सिधा उडान भर्ने भएकाे छ ।
साधारणतया स्थलमार्गबाट पोखरा नेपालगञ्जको यात्रा १० देखी १२ घण्टासम्मको हुने गरेको छ ।

यस उडानबाट सर्वसाधारण यात्रुदेखि देशी विदेशी पाहुनाहरुलाई सहज हुने  बुध्द एयरले विश्वास लिएकाे छ । साथै बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमण/अवलोकन तथा मानसरोवर आउजाऊको लागि पनि मार्ग प्रशस्त हुने तथा पर्यटन प्रर्वद्धनमा पनि टेवा बुध्द एयरको विश्वास छ ।

अहिले बुध्द एयरले पोखराबाट पश्चिमी हिमालको दृश्यावलोकन, भैरहवा र भरतपुरको दैनिक उडान गरिरहेको छ । पोखराबाट भैरहवा र भरतपुरको उडान गएको सेप्टेम्बर महिनामा शुरु भएको थियो ।

बुध्द एयरले देशभित्र १३ गन्तव्य तथा भारतको वाराणसीमा पनि उडान भरिरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप