शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रचण्डलाई प्रधानमन्त्री बन्न काङ्ग्रेसले अफर गरेको छैन’ (भिडियो)

आइतबार, ३० पुस २०७४, १५ : २९
आइतबार, ३० पुस २०७४

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बन्न प्रस्ताव नगरेको स्पष्ट पारेको छ । 

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो पार्टीले अधिकारिक रुपमा कसैलाई पनि प्रधानमन्त्रीमा प्रस्ताव नगरेको प्रष्टयाएका छन् । आइतबार काठमाडांैमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले जनमत अनुसार नयाँ सरकार गठन गर्न बाम गठबन्धनलाई शुभकामना पनि दिए । प्रवक्ता शर्माले बाम गठबन्धन फुटाउन आफ्नो पार्टी लागि परेको भनेर आरोप नलगाउन पनि बाम गठबन्धनका नेताहरुलाई सुझाव दिए ।

प्रवक्ता शर्माले निर्वाचनको समिक्षाका लागि केही दिन भित्रै पार्टी केन्द्रिय कार्य समितिको बैठक बोलाउने जानकारी पनि दिए । उनले पार्टीलाई अघि बढाउन चाँडै केन्द्रिय कार्य समिति बैठक बस्ने र त्यसले निर्वाचनको समिक्षा गर्ने पनि स्पष्ट पारे । प्रवक्ता शर्माले पार्टीको नेतृत्व ‘एज’ले नभई ‘एजेन्डा’ले गर्ने तर्क पनि गरे ।

७० वर्ष उमेर पुगेका नेताहरुलाई नेतृत्वमा राख्न नहुने पार्टी भित्रैबाट दवाब आइरहेको बेला उहाँले नेतृत्व ‘एज’ले नभई ‘एजेन्डा’ले तय गर्ने बताए ।

प्रवक्ता शर्माले पार्टी केन्द्रिय समितिको बैठकले महासमिति बैठक बोलाउने र त्यसले पार्टीको समग्र क्षेत्रको पुनर्संरचना गर्ने योजना पनि अघि सारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप