बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

महाकालीमा ७५ फिट अग्लो नेपाल आमाको मुर्ति निर्माण हुँदै

आइतबार, ३० पुस २०७४, १५ : २३
आइतबार, ३० पुस २०७४

तुलसीपुर– महाकालीमा ७५ फिट अग्लो नेपाल आमाको मुर्ति निर्माण गर्ने लक्ष्य लिएर एक रुपैयाँ संकलन गर्दै जगतगुरु दाङ आइपुगेका छन् । विगत तीन दिनदेखि उनी दाङमा एक रुपैयाँ संकलन गर्ने अभियानमै छन् ।

उनी अझै केही दिन दाङमै रहने तुलसीपुरमा आयोजित पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । २०७२ बैशाख ५ गतेबाट पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको पैदल यात्रा शुरु गरेका गुरु बालसन्त मोहनशरण देवाचार्य (जगत गुरु) ले माघको अन्तिम सम्म देशभर पैदल यात्रा गरिसक्ने दाबी गरे । सबै देशबासीबाट संकलन भएको उक्त रकमले नेपाली आमाको ७५ फिट अग्लो मुर्ति निर्माण गर्ने उनले बताए ।

शान्ति, एकता र हिन्दुधर्मको रक्षा अभियान लिएर मेची–महाकाली पैदल यात्रामा निस्केका वसन्त गुरुले यात्राका क्रममा घरदैलो र प्रवचनमार्फत दाङका शक्तिपीठ तथा मन्दिरबाट निर्माणाधीन अष्ठधातू जडित नेपाल राष्ट्रको ७५ फिट अग्लो मूर्तिका लागि भिक्षादान संकलन गरिरहेका छन् ।

शान्ति,एकता र हिन्दुत्व रक्षाको प्रतिकस्वरुप सुन, चाँदी, तामा, फलाम, पित्तल लगायत अष्ठधातुको विशाल मुर्ति निर्माण गर्न लागिएको देवाचार्यको भनाई छ ।  मूर्ति निर्माणका लागि २५ करोड रुपैयाँ खर्च लाग्ने उनले बताए ।  साथै मुलुक खण्ड–खण्ड हुन लागेको भन्दै नेपाललाई एक बनाउनका लागि मुर्ति निर्माण गर्न लागिएको उनको भनाई छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप