महाकालीमा ७५ फिट अग्लो नेपाल आमाको मुर्ति निर्माण हुँदै
तुलसीपुर– महाकालीमा ७५ फिट अग्लो नेपाल आमाको मुर्ति निर्माण गर्ने लक्ष्य लिएर एक रुपैयाँ संकलन गर्दै जगतगुरु दाङ आइपुगेका छन् । विगत तीन दिनदेखि उनी दाङमा एक रुपैयाँ संकलन गर्ने अभियानमै छन् ।
उनी अझै केही दिन दाङमै रहने तुलसीपुरमा आयोजित पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । २०७२ बैशाख ५ गतेबाट पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको पैदल यात्रा शुरु गरेका गुरु बालसन्त मोहनशरण देवाचार्य (जगत गुरु) ले माघको अन्तिम सम्म देशभर पैदल यात्रा गरिसक्ने दाबी गरे । सबै देशबासीबाट संकलन भएको उक्त रकमले नेपाली आमाको ७५ फिट अग्लो मुर्ति निर्माण गर्ने उनले बताए ।
शान्ति, एकता र हिन्दुधर्मको रक्षा अभियान लिएर मेची–महाकाली पैदल यात्रामा निस्केका वसन्त गुरुले यात्राका क्रममा घरदैलो र प्रवचनमार्फत दाङका शक्तिपीठ तथा मन्दिरबाट निर्माणाधीन अष्ठधातू जडित नेपाल राष्ट्रको ७५ फिट अग्लो मूर्तिका लागि भिक्षादान संकलन गरिरहेका छन् ।
शान्ति,एकता र हिन्दुत्व रक्षाको प्रतिकस्वरुप सुन, चाँदी, तामा, फलाम, पित्तल लगायत अष्ठधातुको विशाल मुर्ति निर्माण गर्न लागिएको देवाचार्यको भनाई छ । मूर्ति निर्माणका लागि २५ करोड रुपैयाँ खर्च लाग्ने उनले बताए । साथै मुलुक खण्ड–खण्ड हुन लागेको भन्दै नेपाललाई एक बनाउनका लागि मुर्ति निर्माण गर्न लागिएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै
-
तीन जना एसएपीको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
छैटौँ सातामा ‘महजात्रा’, मनाउला त ५१ औँ दिन ?
-
काठमाडौँ–३१ का ६० जना ज्येष्ठ नागरिक सामूहिक सैलुङ भ्रमणमा
-
उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम
-
न्युरोडबाट सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ