गुहेश्वरी मर्चेन्ट बैंकले बाँड्यो १५.७९ प्रतिशत बोनस शेयर
आइतबार, ३० पुस २०७४, १५ : १४
काठमाडौं– गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.को १६ औं साधारणसभा सम्पन्न भएको छ । आइतबार सम्पन्न साधारणसभाले आफ्ना ग्राहकहरुका लागि १५.७९ प्रतिशत बोनस शेयर समेत निष्काशन गरेको छ ।
साधारणसभापछि फाइनान्सद्वारा जारी विज्ञप्तिअनुसार संस्थाको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुगेको जनाइएको छ । विज्ञप्तिअनुसार सो फाइनान्सको निक्षेप २ अर्ब ७७ करोड तथा कर्जा २ अर्ब ४१ करोड रहेको छ भने सञ्चालन मुनाफा १ करोड ३९ लाख पुगेको छ ।
उक्त फाइनान्सको आठवटा शाखा कार्यालय रहेका छन् भने थप दुई शाखा कार्यालयहरु खोल्ने तयारी भैरहेको विज्ञप्तिमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते