बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गुहेश्वरी मर्चेन्ट बैंकले बाँड्यो १५.७९ प्रतिशत बोनस शेयर

आइतबार, ३० पुस २०७४, १५ : १४
आइतबार, ३० पुस २०७४

काठमाडौं– गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.को १६ औं साधारणसभा सम्पन्न भएको छ ।  आइतबार सम्पन्न साधारणसभाले आफ्ना ग्राहकहरुका लागि १५.७९ प्रतिशत बोनस शेयर समेत निष्काशन गरेको छ । 

साधारणसभापछि फाइनान्सद्वारा जारी विज्ञप्तिअनुसार संस्थाको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुगेको जनाइएको छ । विज्ञप्तिअनुसार सो फाइनान्सको निक्षेप २ अर्ब ७७ करोड तथा कर्जा २ अर्ब ४१ करोड रहेको छ भने सञ्चालन मुनाफा १ करोड ३९ लाख पुगेको छ ।

उक्त फाइनान्सको आठवटा शाखा कार्यालय रहेका छन् भने थप दुई शाखा कार्यालयहरु खोल्ने तयारी भैरहेको विज्ञप्तिमा जनाइएको छ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप