शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पको स्वास्थ्य परीक्षण,आयो यस्तो रिपोर्ट

आइतबार, ३० पुस २०७४, १४ : ५५
आइतबार, ३० पुस २०७४

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वस्थ रहेको रिपोर्ट सार्वजनिक भएको छ । ह्वाइट हाउसमा कार्यरत राष्ट्रपति ट्रम्पका नीजि चिकित्सकहरुले सो कुराको जानकारी दिएका हुन् ।

नीजि चिकित्सकहरुको एक टोलीले शुक्रबार राष्ट्रपति ट्रम्पको स्वास्थ्य परीक्षण गरेका थिए । चिकित्सकहरुले राष्ट्रपति ट्रम्पको मानसिक स्वास्थ्य भने परीक्षण नगरेको जनाइएको छ ।

उनको मानसिक स्वास्थ्यको विषयमा केही चिकित्सकहरुको टिप्पणीलाई लिएर बेला–बेलामा विवादका विषयहरु पनि बाहिर आउने गरेका थिए । यद्यपि, केही समयअघि अमेरिकी एक जर्नलमा प्रकाशित रिपोर्ट अनुसार  डोनाल्ड ट्रम्प अहिलेसम्मकै स्वस्थ अमेरिकी राष्ट्रपति भएकोे समाचार प्रकाशित भएको थियो । 

राष्ट्रपति ट्रम्प निकै स्वस्थ रहेको रिपोर्ट बाहिर आएको ह्वाइटहाउस श्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप