बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

संखुवासभामा जीप दुर्घटना, गाउँपालिका प्रमुख सहित ६ को मृत्यु

आइतबार, ३० पुस २०७४, १४ : ४२
आइतबार, ३० पुस २०७४


काठमाडौं– संखुवासभाको मकालु गाउँपालिका–२ सम्मटारमा बा ५ च १३०९ नम्बरको जीप दुर्घटना भएको छ ।  दुर्घटनामा परी मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालसहित ६  जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका इन्सपेक्टर बेदप्रसाद गौतमले जानकारी दिए । 

मृतक ५ मध्ये मृत्यु दुई जनाको सनाखत भएकाे छ  । मकालु गाउँपालिका प्रमुख र त्यही गापाको सुरेश राईको सनाखत भएको हाे ।

मृत्यु हुनेमा समाजशास्त्री अर्जुन बस्नेत र इन्जिनियर सुदीप ढकालको नाम खुले पनि वतन खुलेको छैन । जिप चालकको भने सनाखत हुन सकेको छैन । 

प्रमुख जिल्ला अधिकारी शीवराज जोशीका अनुसार सदरमुकाम खाँदबारीबाट गएको बा ५ च १३०९ नम्बरको जीप भोटखोला गाउँपालिका–३ मा पर्ने सामाटार भन्ने स्थानमा दुर्घटना भएको हो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप