संखुवासभामा जीप दुर्घटना, गाउँपालिका प्रमुख सहित ६ को मृत्यु
आइतबार, ३० पुस २०७४, १४ : ४२
काठमाडौं– संखुवासभाको मकालु गाउँपालिका–२ सम्मटारमा बा ५ च १३०९ नम्बरको जीप दुर्घटना भएको छ । दुर्घटनामा परी मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालसहित ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका इन्सपेक्टर बेदप्रसाद गौतमले जानकारी दिए ।
मृतक ५ मध्ये मृत्यु दुई जनाको सनाखत भएकाे छ । मकालु गाउँपालिका प्रमुख र त्यही गापाको सुरेश राईको सनाखत भएको हाे ।
मृत्यु हुनेमा समाजशास्त्री अर्जुन बस्नेत र इन्जिनियर सुदीप ढकालको नाम खुले पनि वतन खुलेको छैन । जिप चालकको भने सनाखत हुन सकेको छैन ।
प्रमुख जिल्ला अधिकारी शीवराज जोशीका अनुसार सदरमुकाम खाँदबारीबाट गएको बा ५ च १३०९ नम्बरको जीप भोटखोला गाउँपालिका–३ मा पर्ने सामाटार भन्ने स्थानमा दुर्घटना भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
गृहमन्त्री लामिछानेले भने– सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं