बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

२८ महिनाभित्र देशभर फोरजी सेवा सञ्चालन गर्न टेलिकमको प्रतिवद्धता

आइतबार, ३० पुस २०७४, १४ : २८
आइतबार, ३० पुस २०७४

काठमाडौं– नेपाल टेलिकमले २८ महिना भित्र देशभर फोरजी सेवा संचालनमा ल्याउने प्रतिवद्धता जनाएको छ । 

नेपाल टेलिकमले १० औं वार्षिक साधारण सभाको अवसर पारेर आईतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी २८ महिना भित्र देशभर फोरजी सेवा संचालनमा ल्याउने प्रतिवद्धता जनाएको हो । 

कार्यक्रममा बोल्दै टेलिकमका अध्यक्ष केदारबहादुर अधिकारीले मूल्यांकन समिति नै बनाएर २८ महिना भित्र देशभर फोरजी सेवा संचालनका लागि आवश्यक काम सुरु गरिएको जानकारी दिए ।

सूचना तथा संचार मन्त्रालयका सचिव समेत रहेका उनले नौं महिना भित्र फोरजी सेवाका लागि प्र्राविधिक काम सम्पन्न गरिसक्न पनि टेलिकम व्यवस्थापनलाई निर्देशन दिइएको पनि स्पष्ट पारे ।

अध्यक्ष अधिकारीले गुणस्तरीय सेवा दिनका लागि पनि टेलिकम व्यवस्थापनलाई पुनः सचेत गराए । उनले टेलिकम सेवा अन्तराष्ट्रिय सेवाको तुलनामा गुणस्तरीय रहेको दावी समेत गरे । नेपाल टेलिकमले गुणस्तरीय सेवा दिन नसकेको गुनासो आईरहेको छ । अध्यक्ष अधिकारीले आम उपभोक्तालाई गुणस्तरीय र भरपर्दो सेवा उपलब्ध गराउन टेलिकम व्यवस्थापनलाई आवश्यक निर्देशन दिइएको बताए । 

नेपाल टेलिकमले यस वर्ष १५ अरव ३७ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्ष ग्राहकको संख्या १७ प्रतिशत वृद्धि हुन गएको पनि टेलिकमले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप