शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मध्यरातमा दरबारमार्गको ल्याण्डमार्क होटलबाट २७ जुवाडे पक्राउ

आइतबार, ३० पुस २०७४, १३ : ५३
आइतबार, ३० पुस २०७४

काठमाडौं– काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित होटलल्याण्ड मार्कबाट गएराती २७ जना जुवाडे पक्राउ परेका छन् । होटलको तेस्रो तलामा कौडा खेलिरहेका २७ जनालाई नगद ३ लाख ८९ हजार ५ सय २० रुपैयाँ तथा १ सय अमेरिकन सहित नियन्त्रणमा लिईएको महानगरीय प्रहरी वृत दरबामार्गका डिएसपी तिलक भारतीले जानकारी दिएका छन् ।

पक्राउ पर्नेहरुमा सिन्धुलीका दिल बहादुर डिम्दोङ, महोत्तरीका सुरेन्द्र सिंह, ललितपुरका पुष्प खड्की, सिन्धुपाल्चोक स्थायी घर भएकी उर्मिला थापा, बर्दियाकी अनु गिरी, बुढानिलकण्ठका बिजय कुमार कार्कि, लतिलपुर स्थायी घर भएका सुनिल महर्जन, भाईकुमार महर्जन र साधुराम कठायत लगायत रहेका छन् ।

जुवाडेहरुको साथबाट १६ थान कौडा बरामद गरिएको र उनिहरुलाई जुवा ऐन अनुसार कारबाही गरिने दरबारमार्ग प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप