समृद्ध नेपालद्धारा पर्सामा कपडा वितरण
आइतबार, ३० पुस २०७४, १३ : ३७
काठमाडौं–समृद्ध नेपालले पर्साको पकाहाँ मैनापुर गाउँपालिकाको ४ र ५ नं वडामा न्यायो कपडा वितरण गरेको छ ।
गाउँपालिको ५ नं वडामा रहेका ३३ मुस्लिम परिवार, १४ धोवी परिवार ८ दुसाद परिवार, ५० चमार परिवार, ८ विन परिवार र केहि गिरी परिवारलाई कपडा वितरण गरेको संस्थाकी अध्यक्ष जुन घर्ती मगरले बताइन् ।
वडा नं ५ की ६३ बर्षिया जमुना रावत बरैले जाडोले केटा केटी र बुढापाकाहरुलाईं समस्या भएको भन्दै राहत पाउँदा खुसी लागेको बताइन् ।