डडेल्धुरामा बैंक शाखा खोल्न होडबाजी
करन ताम्राकार
डडेल्धुरा– पछिल्लो समय डडेल्धुरामा बैंकका शाखा खुल्ने क्रम बढेको छ । ८ बर्ष अगाडिसम्म सरकारी स्वामित्वका बैंक मात्र भएको डडेल्धुरामा हाल १४ निजी बैंकले शाखा विस्तार गरिसकेका छन् । त्यतिबेला जिल्लामा सरकारी स्वामित्वका राष्ट्रयि वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंक ग्रामिण विकास बैंकको मात्र शाखा थियो । त्यसमध्ये पनि राष्ट्रिय बाणिज्य बैंकबाट मात्र सरकारी कारोबार हुने भएकोले आथिर्क वर्षको अन्त्य, दसँै–तिहारलगायतका चाडपर्वमा सेवाग्राहीले दुई दिनसम्म लाइन लाग्नुपर्ने बाध्यता थियो ।
तर, हाल कन्चन डेभलपमेन्ट, सिथद्धार्थ बैंक,ग्लोबव बैंक, बैंक अफ काठमाण्डू ,सनरनईज, लक्ष्मी बैङ्क बैंक, जनता बैंक, महालक्ष्मी विकास बैंक, कुमारी विकास बैंक मेघा बैंंक, स्वोदेशी बैंक, छिमेकी बैंक, साझा बैंक र निर्धन उत्थानकले शाखा विस्तार गरी सेवा सुरु गरेका छन् ।
डडेल्धुरामा सबैभन्दा पहिले ८ वर्षअगाडि निजी बैंकमध्ये महालक्ष्मी विकास बैंकले शाखा विस्तार गरी सेवा सुरु गरेको थियो । त्यसपछि अन्य बैंक पनि डडेल्धुरा आउन थालेका हुन् । सरकारी निकायबाहेक गैरसरकारी निकाय संगठन, विभिन्न दातृ निकायले सञ्चालन गर्ने परियोजनाले निजी बैंकमा खाता सञ्चालन गर्न थालेपछि निजी बंैकलाई पनि कारोबार गर्न सहज भएको छ ।
निजी बैंकले सेवा विस्तारसँगै एटिएम सेवासमेत ल्याएपछि सेवाग्राहीलाई अझ सहज बनाएको छ । निकट भविष्यमै नबील बैंक, नेपाल बंगलादेश बैंक, एभरेष्ट बैंक र टुरिजम बैंकले पनि सेवा सुरु गर्न लागेको जनाइएको छ । जिल्लामा शाखा खोल्न अन्य बैंकले पनि उपयुक्त स्थानको खोजी गरिरहेको डडेल्धुरा आउने उद्योग वाणिज्य संघका डडेल्धुराका प्रथम उपाध्यक्ष भोजराज भट्टले बताए ।
जिल्लामा खुलेका बैंकले घरजग्गा, कृषि, पर्यटन तथा व्यवसायका क्षेत्रमा लगानी गरिरहेका छन् । बैंकको आगमनसँगै व्यवसाय गर्नेहरुलाई निकै सहज भएको छ । निजी बैंकले सदरमुकामवासीबाट दैनिक बचतसमेत संकलन गर्ने गरेको छ । जसको कारण मानिसमा बचत गर्ने बानीको विकाससमेत भएको छ ।
बैंकहरु भित्रिए पनि सदरमुकाम केन्द्रीत भएको आरोप भने लागेको छ । सदरमुकाम आसपासकाले मात्र जग्गा धितो राख्न पाउने तथा व्यवसाय गर्न पनि उनीह नै प्राथमिकतामा पर्ने गरेको सर्वसाधारणको गुनासो छ ।
स्थानीय निर्वाचन सम्पन्न भएको ७ महिना वितिसक्दापनि डडेल्धुराका स्थानीय तहमा परशुराम नगरपालिका र डडेल्धुरा सदरमुकाम रहेको अमरगढी नगरपालिका मात्र बैंक स्थापनना भएका अन्य गाउँपालिकामा बैंक शाखा जान नमानेका स्थानीयहरुको गुनासो छ ।
डडेल्धुुरा ब्यवसायी कृष्ण पन्तले बैंकहरुले गाउँको दूरदराजसम्म पनि सेवा विस्तार गर्नुपर्ने माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता
-
फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?