शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

किर्तिमानी केन

आइतबार, ३० पुस २०७४, १३ : ३०
आइतबार, ३० पुस २०७४

लण्डन । टोटनहम हटस्पर्सका म्यानेजर माउरिसियो पोचेटिन्होले ह्यारी केनले प्रिमियर लिगका सबै किर्तिमानहरु भंग गर्ने बताएका छन् । शनिबार एभर्टनविरुद्ध ४–० सहज जित निकाल्दा दुई गोल गर्दै केन स्पर्सका लागि प्रिमियिर लिगमा सर्वाधिक गोलकर्ता बनेपछि पोचेटिन्होले सो प्रतिक्रिया दिएका हुन् ।

केनले सन हेउङ मिन र एरिक डायरको पासमा दुई गोल गर्दै प्रिमियर लिगमा गोल संख्या ९८ पुर्याएका छन् । यो टेडी सेरिङहमको गोल संख्याभन्दा एकले बढी हो ।
खेलमा सोनले गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए भने खेलको अन्त्यतिर क्रिस्टियन एरिकसनले अर्को गोल थपे ।

खेल गोलरहित बराबरीको स्थितिमा रहँदा वेयन रुनीले हेडमार्फत गोल गरेपनि त्यसलाई अफसाइड करार गर्दै रद्द गरिएको थियो ।

टोटनहम पछिल्ला ६ खेलमा अपराजित रहेको छ । हाल पाँचौ स्थाना रहेको टोटनह शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीभन्दा १८ अंकले पछि रहेको छ ।

‘ह्यारी उत्कृष्ट खेलाडी हुनका साथै निकै व्यवसायिक पनि छन् । म निकै खुसी छु,’ पोचेटिन्होले भने, ‘उनी सबै प्रशंसाको हकदार छन् । यही गतिमा अघि बढ्ने हो भने उनले प्रिमियरका सबै रेकर्ड तोड्ने छन् ।’

केनको उत्कृष्ट सिजन

इंग्ल्याण्डका स्ट्राइकर ह्यारी केनले प्रिमियर लिगमा यो सिजन २० गोल गरिसकेका छन् । सबै प्रतियोगितामा क्लबका लागि २८ खेलमा २८ गोल गरेका छन् ।

२४ वर्षीय खेलाडीले हालसम्म कुनै उपाधि जितेका छैनन् तर उनले प्रिमियर लिगमा क्लबका किर्तिमानी गोलकर्ता सेरिङहमलाई पछि छाडेका छन् । सेरिङहमले सन् १९९२–१९९७ र २००१–२००३ का बीचमा सो उपलब्धि हासिल गरेका थिए ।

केनले मात्र १३५ खेलमा सो उपलब्धि हासिल गरे भने सेरिङहमलाई २३७ खेल लागेको थियो ।

सबै प्रतियोगितामा क्लबका सर्वाधिक गोलकर्ता जिमी ग्रिभासभन्दा चाहीँ केन निकै पछि रहेका छन् । ग्रिभासले ३७९ खेलमा क्लबका लागि २६६ गोल गरेका छन् जसमध्ये २२० गोल लिगमा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप