शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इजरायली प्रधानमन्त्री भारत भ्रमणमा

आइतबार, ३० पुस २०७४, १३ : २३
आइतबार, ३० पुस २०७४

एजेन्सी–इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु ६ दिने औपचारिक भ्रमणका लागि आइतबार भारत पुगेका छन् ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ६ महिना अघि इजरायलको भ्रमणमा गएका थिए । मोदी इजरायलको भ्रमणमा जाने पहिलो भारतीय प्रधानमन्त्री रहेका थिए । 

उनको भ्रमणको ६ महिनापछि उनको आमन्त्रणमा इजरायली प्रधानमन्त्री नेतान्याहु भारतको औपचारिक भ्रमणमा पुग्नुभएको नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ । 

नेतान्याहु पनि इजरायलको प्रधानमन्त्रीको रुपमा गएको २५ वर्षपछि पहिलो पटक भारतको भ्रमणमा निस्किएका हुन् । यसअघि करिब २५ वर्षअघि इजरायली प्रधानमन्त्री एरियल स्यारोनले भारतको भ्रमण गरेका थिए । 

प्रधानमन्त्री नेतान्याहुको भ्रमणमा दलमा इजरायलको कृषि, अर्थ, सूचना प्रविधि, प्रतिरक्षालगायतको क्षेत्रका १ सय ३० जना सरकारी प्रतिनिधिहरुको सहभागिता रहेको छ ।  उनीसँग आइतबार अपरान्ह भारतीय विदेशमन्त्री सुषमा स्वराजले भेटवार्ता गर्ने  कार्यक्रम रहेको छ । उनीहरुको सम्मानमा सोमबार बिहान भारतीय राष्ट्रपति भवनमा उनीहरुको सम्मानमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । 

त्यसैगरी प्रधानमन्त्री नेतान्याहुले यस भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति रामनाथ कोविन्दलगायतसँग द्विपीक्षीय भेटवार्ता पनि गर्नुहुने भएको समाचारमा जनाइएको छ ।  यस भ्रमणका क्रममा भारत र इजरायलबीच कृषि, सूचना प्रविधि र आर्थिक क्षेत्रमा केही सहमति एवम् सम्झौताहरु पनि हुने बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप