शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा तीव्र शहरीकरण, औद्योगिक क्षेत्र धराशायी

आइतबार, ३० पुस २०७४, १३ : १५
आइतबार, ३० पुस २०७४

भक्तपुर– तीव्र शहरी विकाससँगै यहाँका उद्योगधन्दा धराशायी बन्दै गएको उद्योगी व्यवसायीले बताएका छन् ।  रफत सञ्चार क्लबमा आज आयोजित कार्यक्रममा उद्योग वाणिज्य संघ भक्तपुरका अध्यक्ष केपी अवालले उद्योगको विस्तार र व्यवसायको पाटो पहिचान गरी शहर विस्तार गर्न नसक्दा उद्योग व्यवसाय धराशायी बन्दै गएको बताए  । 

उनले भक्तपुरको समग्र औद्योगिक विकासमा उद्योग वाणिज्य संघले सकारात्मक भूमिका खेल्दै आए तापनि सरकार र स्थानीय सरकारले लगानीमैत्री वातावरण निर्माण गर्न नसक्दा र सामान्य पूर्वाधार तयार गर्न नसक्दा भक्तपुरको उद्योग फष्टाउन नसकेको विचार व्यक्त गरे । 

कार्यक्रममा संघका महासचिव शिव मानन्धरले भक्तपुरको औद्योगिक र पर्यटकीय विकासका लागि सरकार उदासीन रहेको आरोप लगाउँदै यहाँका उद्योग व्यवसायलाई उपभोक्तामैत्री बनाउने अभियानमा संघ सक्रिय भइरहेको जानकारी दिए । उनले औद्योगिक विकासका लागि थप औद्योगिक क्षेत्र स्थापना गरिनुपर्ने पनि जोड दिए । 

उद्योग वाणिज्य संघ भक्तपुरका प्रथम उपाध्यक्ष रामप्रसाद प्रजापतिले केन्द्रीय तथा स्थानीय सरकारले भक्तपुरमा औद्योगिक विकासका लागि सक्दो पहल गरेमा भक्तपुरमा विभिन्न विधाका उद्योगको विकास गर्न सकिने बताए । विभिन्न उद्योगी व्यवसायीले भक्तपुरमा साना तथा घरेलु उद्योगका साथै अन्य सम्भावित उत्पादनको पहिचान गरी उद्योग विकास गर्न सकिने बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप