जनकपुर उद्योग संघको अध्यक्षमा साह
जनकपुरधाम– जनकपुर उद्योग संघको अध्यक्षमा ललितकुमार साह एक हजार ५३९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी पवन ठाकुरले ४ सय ३५ मत प्राप्त गरेका छन् ।
संघको वरिष्ठ उपाध्यक्षमा जितेन्द्रप्रसाद साह एक हजार १ सय ३३ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी विजय साहले ८ सय ४६ मत प्राप्त गरेका छन्।
यसैगरी उपाध्यक्षमा सुरेन्द्रकुमार भण्डारी ९ सय ८९ मत प्राप्त गरी विजयी भएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वीमा विजय साहले ७०३ मत प्राप्त गरेका छन् ।
त्यस्तै महिला उपाध्यक्षमा दीपिका राय निर्विरोध निर्वाचित भएकी छन् ।
संघको महासचिवमा जितेन्द्रकुमार महासेठले ९५३ मत, सचिवमा विकास साहले ५ सय ९४ मत र कोषाध्यक्षमा अशोककुमार चौधरीले ९९६ मत, प्राप्त गरी विजयी भएका छन् । महिला सदस्यमा आशाकुमारी यादव र एशोसिएटमा राजीवकुमार साह निर्विरोध निर्वाचित भएका छन् ।