शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुर उद्योग संघको अध्यक्षमा साह

आइतबार, ३० पुस २०७४, १२ : ५३
आइतबार, ३० पुस २०७४

जनकपुरधाम– जनकपुर उद्योग संघको अध्यक्षमा ललितकुमार साह एक हजार ५३९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी पवन ठाकुरले ४ सय ३५ मत प्राप्त गरेका छन् । 

संघको वरिष्ठ उपाध्यक्षमा जितेन्द्रप्रसाद साह एक हजार १ सय ३३ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी विजय साहले ८ सय ४६ मत प्राप्त गरेका छन्। 

यसैगरी उपाध्यक्षमा सुरेन्द्रकुमार भण्डारी ९ सय ८९ मत प्राप्त गरी विजयी भएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वीमा विजय साहले ७०३ मत प्राप्त गरेका छन् । 
त्यस्तै महिला उपाध्यक्षमा दीपिका राय निर्विरोध निर्वाचित भएकी छन् ।

संघको महासचिवमा जितेन्द्रकुमार महासेठले ९५३ मत, सचिवमा विकास साहले ५ सय ९४ मत र कोषाध्यक्षमा अशोककुमार चौधरीले ९९६ मत, प्राप्त गरी विजयी भएका छन् ।  महिला सदस्यमा आशाकुमारी यादव र एशोसिएटमा राजीवकुमार साह निर्विरोध निर्वाचित भएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप