ओमप्रतिकको दाबी : बटरफ्लाई दर्शकको रोजाइमा पर्यो
काठमाडौं – ‘बटरफ्लाई’ शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र हो । शुक्रबार साँझ नै यसको प्रिमिएर गरिएको थियो । कलाकार, रंग पत्रकार तथा चलचित्रका कलाकारहरुको उपस्थिती रहेको प्रिमिएरमा धेरैले चलचित्र मन परेको प्रतिक्रिया दिएका थिए ।
ओमप्रतिक गुरुङ निर्देशित यो चलचित्रले सेन्सर बोर्डबाट ‘पिजी’ सर्टिफिकेट पाएको छ । आर्यन अधिकारी र प्रियंका कार्कीको प्रमुख भुमिका रहेको चलचित्र ‘बटरफ्लाई’ एकहोरो प्रेम गर्ने एक युवाको कथामा निर्माण भएको हो ।
चलचित्रले शुक्रबार र शनिबार राम्रो ब्यवसाय गर्न सफल भएको निर्माण युनिटको दाबी रहेको छ । आफुले सोचेको र अनुमान गरेको भन्दा चलचित्रको बिजनेश राम्रो भएको निर्देशक गुरुङले बताए । ‘प्रदर्शन अगाडि ब्यवसाय के हुने हो भनेर निकै डर थियो’ गुरुङले भने ‘डरै डरमा रिलिज गरिएको चलचित्र दर्शकको रोजाइमा पार्न सफल भयो ।’
अर्पण थापा, सुष्मा कार्की, रविन्द्र खड्का, पुरज थापा, सुरविर पण्डित, मोहन निरौंला, राम बुढाथोकी, माधव पण्डित लगायतका कलाकारको समेत अभिनय रहेको छ । चलचित्रमा अर्पण थापाले निर्बाह गरेको भुमिका सबैभन्दा धेरै मन पराइएको छ ।
विकास चौधरी, अर्जुन पोखरेल र दिपक शर्माको संगीत चलचित्रमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महतले अघि बढाएका राम्रा काम रोक्दिन : अर्थमन्त्री पुन
-
नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : अध्यक्ष माधव
-
पत्रकार महिलाको अवसर र चुनौतीको विषयमा छलफल
-
एनआरएनएको निर्वाचनमा अनलाइन भोटिङको युजर नेम र पासवर्ड दुरुपयोग : प्रतिवेदन
-
टी–२० क्रिकेट : तस्बिरमा हेर्नुहोस् आयरल्याण्ड र नेपालबिचको खेल
-
पार्टी एमालेलाई बुझाएर प्रचण्ड राष्ट्रपति बन्छन् : रामकुमार शर्मा, पूर्वमाओवादी नेता