शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बलिउडका यी हिट कलाकार जोसँग छैन भारतीय नागरिकता

आइतबार, ३० पुस २०७४, १२ : ४८
आइतबार, ३० पुस २०७४

काठमाडौं – बलिउडमा त्यस्ता कयौं कलाकार छन् । जो भारतीय नभएपनि स्टार बनेर चिनिन सफल छन् ।
 
यो सूचीमा अभिनेत्री कट्रीना कैफ पनि अटाउछिन् । उनी भारतीय नभएपनि बलिउड अभिनयमा आफूलाई स्थापित गर्न सफल देखिएकी छन् । कट्रीना मात्र होइन बलिउडमा केही यस्ता अभिनेता, अभिनेत्री छन् । जो बलिउड अभिनयमा सफल छन् तर उनीहरुको नागरिकता भारत बाँहिरको रहेको छ । 

दीपिका पादुकोण 
दीपिका पछिल्लो समयकी चर्चित अभिनेत्री हुन् । उनले लगातार बलिउडमा हिट चलचित्र दिइरहेकी छन् । भारतमै हुर्किएकी दीपिकाको जन्म डेनमार्कमा भएको थियो । उनले पासपोर्ट पनि डेनमार्ककै प्रयोग गर्दै आएकी छन् । 

अक्षय कुमार 
देशभक्ती चलचित्र अभिनयमा अभिनेता अक्षयकुमार बलिउडमा सबै भन्दा अगाडि रहेका छन् । तर अक्षयसँग क्यानडाको पासपोर्ट छ ।  त्यसैले पनि भारतीय चुनावमा उनले भोट हाल्न नपाएका हुन् ।

आलिया भट्ट 

बलिउड चलचित्र उद्योगकी सबैभन्दा चुलबुले अभिनेत्री हुन् आलिया । आलियासँग पनि ब्रिटेनको पासपोर्ट रहेको छ । आलियाकी आमा ब्रिटेनकी नागरिक हुन् । त्यसैले पनि आलियालाई ब्रिटेनको नागरिकता मिलेको छ । 

कट्रीना कैफ 
 बलिउडकी यी हट अभिनेत्री हंङकङमा जन्मिएकी हुन् । तर उनको पालन पोसन ब्रिटेनमा भएको हो । त्यसैले उनको साथमा पनि ब्रिटेनको नागरिकता रहेको छ । 

ज्याकलिन फर्नाडीज 
  भारतीय चलचित्रमा धेरै बर्षकाम गरेपछि ज्याकलिनलाई भारतीय नागरिकता मिलेको छै्रन । उनको साथमा अझै श्रीलंकाको पासपोर्ट रहेको छ । ज्याकलिन हाफ मलेसियन र हाफ बहरायन पनि रहेको बताइएको छ ।

इमरान खान 
 अमिर खानका भान्जा समेत रहेका इमरान अमेरिकाको नागरिक हुन् । उनको जन्म अमेरिकामा भएको थियो । उनले ट्राभलको समयमा जहिले पनि अमेरिकी पासपोर्ट प्रयोग गर्ने गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप