बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

छैटौँ क्षेत्रीय तेक्वान्दोः सुनसरी प्रथम

आइतबार, ३० पुस २०७४, १२ : २९
आइतबार, ३० पुस २०७४

इटहरी– राष्ट्रिय खेलकुद परिषद्को सहयोग तथा क्षेत्रीय तेक्वान्दो समिति पूर्वाञ्चलको आयोजनामा यहाँ आयोजित छैटौँ पूर्वाञ्चल क्षेत्रीय तेक्वान्दो खेल प्रतियोगितामा सुनसरी ६ स्वर्ण र २ रजत पदक हात पार्दै टोली प्रथम बन्न सफल भएको छ । 

इटहरी उपमहानगरपालिका–४, कचना माविको खेल मैदानमा दुई दिनसम्म चलेको प्रतियोगितामा धनकुटाले ४ स्वर्ण र १ रजत पदक प्राप्त गर्दै दोस्रो स्थान तथा झापाले २ स्वर्ण र १ रजत पदक हात पार्दै तेस्रो स्थान हासिल गरेका छन् । आज बिहान सम्पन्न प्रतियोगितामा मोरङले १ स्वर्ण र ४ रजत तथा इलामले १ रजत पदकमा चित्त बुझाएका छन् ।

 प्रतियोगिताअन्तर्गत पुरुषतर्फको ५४ केजी तैल समूहको खेलमा सुनसरीका डब्बु राईले स्वर्ण तथा इलामका सुदीप प्रधानले रजत पदक प्राप्त गरेका छन् । त्यसैगरी ५८ केजी तौल समूहको प्रतिष्पर्धामा सुनसरीका अरुण तिवारीले स्वर्ण तथा धनकुटाका असिम याखाले रजत पदक प्राप्त गरेका छन । यसैगरी ६३ केजी तौल समूहको खेलमा धनकुटाका शुक्र विकले स्वर्ण तथा मोरङका आयुष गिरीले रजत पदक प्राप्त गरेका छन् । 

त्यस्तै, पुरुषतर्फको ६८ केजी तौल समूहको प्रतिष्पर्धामा धनकुटाका युद्ध विकले स्वर्ण र संखुवासभाका तीर्थबहादुर राउतले रजत पदक जितेका छन् । त्यसैगरी ७४ केजीतर्फको खेलमा झापाका नीरज चौहानले स्वर्ण तथा मिन्नत अन्सारीले रजत तथा ८४ केजीतर्फको खेलमा सुनसरीका अरुण लिम्बूले स्वर्ण र राजेश तामाङले रजत पदक प्राप्त गरेका छन् । त्यस्तै ८० केजी तौलमाथिका खेलमा सुनसरीका राजेश तामाङले बाई पाएर स्वर्ण पदक प्राप्त गरेका छन् । 

त्यस्तै, महिलातर्फको ४३ केजीमा धनकुटाका विनिता घिमिरेले स्वर्ण र झापाका लक्ष्मी राजवंशीले रजत तथा ४९ केजी तौल समूहको खेलमा सुनसरीकी सोनी लिम्बूले स्वर्ण तथा मोरङकी सुदेश्ना गुरुङले रजत पदक प्राप्त गरे । 

त्यस्तै, ५३ केजीतर्फको खेलमा सुनसरीकी अञ्जली चौधरीले स्वर्ण र धनकुटाकी पार्वती राईले रजत तथा ५७ केजीको खेलमा धनकुटाकी सुनिता तामाङले स्वर्ण तथा सुनसरीकी इष्टार जिमी राईले रजत पदक प्राप्त गरे । त्यस्तै ६२ केजीतर्फको खेलमा झापाकी पविना धिमालले स्वर्ण र मोरङकी पनिसा पराजुलीले रजत तथा ६७ तौल समूहमा मोरङकी अर्पणा राईले बाई पाएर स्वर्ण जितेका छन् । 

प्रतियोगिता समापान समारोहमा प्रशिक्षक खेमराज कार्की, ज्ञानेन्द्र विश्वकर्मा, पीताम्बर पौडेल, इच्छा घले, दिनेश गिरी, खगेन्द्र कटवाल र राजेन्द्र कटवाललाई सम्मान गरियो । कृष्ण बास्तोलाको अध्यक्षतामा भएको समारोहमा विजेतालाई इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरी, प्रमुख सेनानी नवराज दंगाल, हरि   बुढाथोकीलगायतले पदक र प्रमाणपत्र प्रदान गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप