बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बालक अपहरण गरेर २ करोड फिरौती माग्ने प्रहरीको फन्दामा

आइतबार, ३० पुस २०७४, १२ : २२
आइतबार, ३० पुस २०७४

परासी–भारतबाट अपहरणमा परेका एक बालको शकुसल उद्दार गरिएको छ । भारतको उत्तर प्रदेश महराजगंज जिल्लाको ठुठीबारी ग्रामसभा ४ बाट अपहरणमा परेका बालकको उद्धार र अपहरणकारीलाई नियन्त्रणमा लिइएको हो ।

नेपाल भारत सिमावर्ती बजार ठुठीबारीको व्यपारी बब्लु निगमका ९ बर्षिय छोरा आयुसको अपहरण गर्नेलाई  प्रहरीले शनिवार साँझ विहार टंकीबजारबाट नियन्त्रणमा लिएको हो । उनको साथबाट अपहृत बलकको पनि उद्धार गरिएको छ । बालक निगम गत विहिवार दिउँसो ठुठीबारी बजारबाट अपहरणमा परेका थिए ।
अपहरणकारीले बालकका बाबु बब्लु निगमसँग २ करोड नेपाली रुपैयाँ मागेका थिए ।

बालकलाई अपहरण गरि नेपालको भुमी हुदै भारतको विहार राज्यको भैंसालोट क्षेत्रमा लुकाइएको थियो । बब्लु निगमसँग २ करोड रुपैयाँको डिमाण्ड आएपछि नेपाल र भारतका संयुक्त प्रहरी टोलीले घटनाबारे अनुसन्धान गरिरहेको थियो ।

बालक अपहरणपछि ईलाका प्रहरी कार्यालय बेलाटारी नवलपरासीले घटनामा संलग्न हुन सक्ने शंकाको आधारमा ठुठीबारीकै एक जना युवकलाई नियन्त्रणमा लिएको थियो ।

बालकलाई अपहरण गरेका ३ जनाको समुहले शनिवार साँझ ५ बजे टंकी बजारमा २ करोड रुपैयाँ लिएर बालकका बुवा बब्लुलाई बोलाएका थिए । व्यपारी बब्लुले अपकरणकारीलाई डिमाण्ड रकम दिने र बालक लिने क्रममा प्रहरी टोलीले अपहरणकारीलाई नियन्त्रण लिएको थियो ।

पक्राउ परेका अपहरणकारीको समुहमा एक नेपाली र ३ जना भारतीय रहेको ठुठीबारी पुलिस स्टेशनले जानकारी दिएको छ । प्रहरीले अपहरणकारीलाई पक्राउ गरेपछि भारतको ठुठीबारी पुसिल स्टेशनमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

व्यपारी बब्लु निगम ठुठीबारीको सबैभन्दा ठुलो व्यपारी हुन् । बब्लु आफनै निवासमा कालिका बस्त्रालय खोली व्यपार गर्दै आएका छन् । उनी भारु र नेपाली रकमको बट्टालिई साटासाट गर्ने कारोबार पनि गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप