शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेरुडे लघुवित्तले १३ प्रतिशत बोनस शेयर दिने

आइतबार, ३० पुस २०७४, १२ : १८
आइतबार, ३० पुस २०७४

पथरी– नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३/०७४ मा करिब रु साढे नौ करोड मुनाफा आर्जन गरेको छ । अध्यक्ष भेषप्रसाद धमलाले आव २०७३/७४ मा बैंकले एक लाख नौ हजार ८१३ घर परिवारमा लघुवित्त सेवा पुर्याई ७३ हजार ८११ ऋणी सदस्यलाई रु तीन अर्ब नौ करोड ऋण लगानी गरेको बताए । 

उहाँले रु एक अर्ब १३ करोड बचत संकलन गरेको जानकारी दिनुभयो । बैंकले सम्पूर्ण शेयर धनीलाई आव २०७३/७४ को वितरणयोग्य मुनाफाबाट ७ दशमलव ६८ प्रतिशत नगद लाभांश र १३ प्रतिशत बोनस शेयर वितरण गर्ने जनाएको छ । बैंकका प्रबन्ध सञ्चालक मणिकुमार अज्र्यालले बैंकको चुक्ता पूँजी रु ३४ करोड ५७ लाख ८० हजार पुगेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप