शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बसको ठक्करबाट दमौलीमा पैदल यात्रीको मृत्यु

आइतबार, ३० पुस २०७४, १२ : ०५
आइतबार, ३० पुस २०७४

तनहुँ । तनहुँको व्यास नगरपालिका– १ दमौली बजार नजिक छाब्दीचोकमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । 

आइतबार बिहान पोखराबाट डुम्रेतर्फ जाँदै गरेको ना ५ ख ६१०० नम्बरको यात्रुवाहक बसले सडक छेउमा हिँडिरहेका पैदलयात्रीलाई ठक्कर दिँदा उनको ज्यान गएको हो । 

बसको ठक्करबाट व्यास १० सेवर बस्ने करीब ५० वर्षीय नारायण न्यौपाको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृतक न्यौपाने दूध बिक्रीका लागि दमौलीतर्फ आउँदै गरेका थिए । न्यौपानेको शव दमौली अस्पतालमा राखिएको छ । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव निरीक्षक मनोज पाण्डेले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप