शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा मानव कङ्काल फेला

आइतबार, ३० पुस २०७४, १२ : ०१
आइतबार, ३० पुस २०७४

कपिलवस्तु – कपिलबस्तुमा मानव कङकाल फेला परेको छ । 

शिवराज नगरपालिका–५ खानेपानी कार्यालय नजिक झाँडीमा पुरुषको कङ्काल फेला परेको हो । वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक झविन्द्र प्रसाद भट्टराईका अनुसार स्थानीयले शनिबार दिउँसो मानव कङ्काल देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

स्थानीयकोेखवरपछि पुगेको प्रहरी टोलीले अनुसन्धान गर्दा बेबारीसे पुरुषको कङ्काल भएको पुष्टि भएको हो ।

कङ्काल नजिकै पुरुषको कपडा पनि भेटिएको प्रहरीले जनाएको छ । 

कङ्कालको कसको भन्ने पहिचान खुल्न नसकेको र डिएनए परिक्षणका लागि बहादुरगंज अस्पताल पठाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप