उपचारका लागि दिल्ली पुगिन् प्रचण्ड पत्नी सीता

काठमाडौं -माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाल उपचारका लागि दिल्ली गएकी छिन् ।
फलोअप उपचारका लागि उनी आज दिल्ली गएकी हुन् । केही महिनाअगाडि मात्रै सीताको बैंककमा उपचार गरिएको थियो ।
दिल्लीस्थित मेदान्त अस्पतालमा उनको उपचार हुनेछ ।
प्रचण्डको पारिवारिक स्रोतका अनुसार पछिल्लो दिनमा सीतालाई बोल्न र हिड्डुल गर्न कठिन भएको थियो ।
छोरा प्रकाशको आकस्मिक निधनपछि सीताको स्वास्थ्य स्थिति बिग्रिएको थियो ।
तपाईको ईमेल गोप्य राखिनेछ