शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रेल्वे ट्र्याक बन्यो, इन्जिन छैन, कहिले चल्ला जनकपुर–जयनगरमा रेल ?

आइतबार, ३० पुस २०७४, ११ : १२
आइतबार, ३० पुस २०७४

काठमाडौं । जनकपुर–जयनगरसम्मको कुल ३५ किलोमिटर खण्डमा रेलमार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
रेल विभागकाअनुसार आगामी दुई  महिना भित्रका रेल्वे लाइनको सम्पूर्ण काम सम्पन्न हुनेछ ।

काम सम्पन्न भएपनि रेल्वे लाइनमा रेल चलाउन चाहिने महत्वपूर्ण रेल इन्जिन कहाँ छ र कहिले आइपुग्छ भन्नेमा  भने विभागका अधिकारी नै जानकार छैनन् ।

‘रेलमार्ग त हामीले बनाइसक्यौं तर इन्जिनको अभावमा रेल कहिले चल्छ र कसरी चल्छ भन्ने हामीलाई नै थाहा छैन’ विभागका अधिकारी अनविज्ञता प्रकट गर्छन् ।

विभागले निर्माण कार्य अन्तिम चरणमा पुगेको र नेपालीको रेल चढ्ने सपना पूरा हुन लागेको बताउँदै आएको छ । तर रेल्बे इन्जिन ल्याउने विषयमा हालसम्म निर्णय हुन नसक्दा समस्या पैदा भएको विभागका सिनियर डिभिजनल इन्जिनियर रोशन कुमार देवले बताए । 

भारतको १० अर्ब सहयोग
उक्त रेलमार्ग निर्माणमा भारत सरकारले रु  १० अर्ब सहयोग गरेको छ । रेल्बे नेटवर्क विस्तार आयोजना अन्तर्गत उक्त सहयोग प्राप्त भएको हो ।

जयनगरदेखि जनकपुरसम्म २९ किलोमिटर र त्यहाँबाट ६ किलोमिटर कुर्था भन्ने ठाउँसम्म रेल मार्गको लिक समेत निर्माण सम्पन्न भएको विभागले जानकारी दिएको छ । जनकपुर–जयनगर रेल त यसअघि पनि सञ्चालनमा थियो ।


प्रतिघण्टा १०० किलोमिटरको गति
हाल निर्माण सम्पन्न भएको रेलमार्गमा प्रति घण्टा १०० किलोमिटर गतिमा  रेल गुड्न सक्ने छ । जुन गति भारतको रेलको भन्दा बढी हो ।  रेल प्रति घण्टा १०० किलोमिटरको गतिमा चल्न सक्ने गरी डिजाइन गरिएको विभागले जानकारी दिएको छ ।
नेपालमा हाल निर्माण भएको रेल्बे लाइन ब्रोडगेजका हुन् । जसका कारण रेलको गति समेत बढी हुनेछ ।
भारतमा रेल प्रतिघण्टा ५० किलोमिटरको दरमा गुड्ने गरेका छन् । भारतका केही राज्यमा अझै पनि न्यारोगेजका रेलल्वे सञ्चालनमा रहेका छन् । 

सरकारले रेल विभाग नै स्थापना गरेर निर्माण प्रक्रियालाई गति दिएका कारण ३५ किलोमिटर खण्डमा रेल चल्ने अवस्थामा पुगेको हो ।
 

अर्थमा अड्कियो इन्जिन किन्ने प्रस्ताव

अहिलेसम्म रेलको इन्जिन खरिदमा ध्यान पुग्न सकेको छैन । रेल विभागले इन्जिन खरिदका लागि अर्थ मन्त्रालयसँग रु तीन अर्ब बजेट माग गरेपनि हालसम्म निकासा हुन सकेको छैन ।
विभागका मेकानिकल इञ्जिनियर रोशन कुमार देवकाअनुसार रेल चलाउने संरचना निर्माण सम्पन्न भएपनि इन्जिनको अभावमा कहिलेबाट रेल चल्छ अहिल्यै भन्न सकिदैन ।
तर विभागले इन्जिन ल्याउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत पहल गरिरहेको छ । अर्थ मन्त्रालयले भने रेलमार्ग तयार भएपछि बजेट निकासा दिन कुनै समस्या नभएको बताउँदै आएको छ । भारतसँगै रेलको इन्जिन सहयोग माग्ने वा नयाँ खरिद गर्ने दुवै विकल्पमा समेत छलफल भइरहेको विभागले जनाएको छ ।

६ वटा तान्छ डब्बा

नेपालमा सञ्चालनमा ल्याउन लागिएको रेलले पहिलो चरणमा ६ वटासम्म डब्बा तान्न सक्छ । त्यसमा कम्तीमा पनि चार वटा इन्जिन राख्ने तयारी गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप