बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

झापा जेसिज अध्यक्षमा ढुंगेल निर्वाचित

आइतबार, ३० पुस २०७४, ११ : ०९
आइतबार, ३० पुस २०७४

भद्रपुर - भद्रपुर जेसिजको अध्यक्षमा सोमप्रसाद ढुंगेल सर्वसम्मत निर्वाचित भएका छन् । 

वर्ष २०१७ मा जेसिजको जनसम्पर्क अधिकारीको जिम्मेवारी सम्हाली सक्नुभएका ढुंगेललाई चन्द्रगढीमा शनिबार सम्पन्न भएको जेसिजको ४४औँ वार्षिक साधारणसभाले वर्ष २०१८ का लागि अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । 

यसैगरी कार्यकारिणी उपाध्यक्षमा सिर्जना उप्रेती प्रसाईं र जुनेस राउत सर्वसम्मत निर्वाचित हुनुभएको छ । 

यसैगरी उपाध्यक्षमा क्रमशः खिलाराज पाण्डे, युवराज ढकाल, सविता कोइराला र सविता मैनाली घिमिरेलाई सर्वसम्मत चयन गरिएको भद्रपुर जेसिजले जनाएको छ । 

नेपाल जेसिजका १३९ वटा शाखामध्ये सबैभन्दा बढी सदस्य भद्रपुरमा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप