बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

करेन्ट लागेर एकको मृत्यु

आइतबार, ३० पुस २०७४, ११ : ०६
आइतबार, ३० पुस २०७४

इलाम - इलाममा करेन्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ । 

करेन्ट लागेर इलाम नगरपालिका– ८ का २३ वर्षीय बेदप्रसाद तामाङको मृत्यु भएको हो । 
आफ्नै घर बनाउने क्रममा बांगिएको रड सिधा पार्ने क्रममा मेन लाइनमा रडले छोएपछि तामाङलाई करेन्ट लागेको इलाम प्रहरीको भनाइ छ । 

करेन्ट लागेका तामाङलाई उपचारका लागि इलाम अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप