शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल पत्रकार महासंघ युएई ११ बर्षमा प्रवेश

आइतबार, ३० पुस २०७४, १० : ५५
आइतबार, ३० पुस २०७४

 

युएई– नेपाल पत्रकार महासंघ युएईले आधारभूत तथा खोज पत्रकारिता तालिमसँगै बिभिन्न कार्यक्रम गरी आफ्नो १० औं वार्षिकोत्सव मनाएकोे छ । 
महासंघको वैदेशिक शाखा अन्तर्गत पहिलो शाखाको रुपमा (ई.स २००७) मा स्थापना भएको युएई शाखाले गत शुक्रबार दुवईमा आधारभूत तथा खोज पत्रकारिता तालिमसँगै बिभिन्न कार्यक्रम आयोजना गर्दै वार्षिकोउत्सव मनाएको हो ।
सो अवसरमा आधारभूत खोज पत्रकारिता तालिममा युएईमा रही पत्रकारिता गरिरहेका र पत्रकारितामा रुची राख्ने चार दर्जन भन्दा बढिले सहभागिता जनाएका थिए ।
तालिम खोज पत्रकारिता केन्द्रका सम्पादक तथा महासंघका पूर्व अध्यक्ष शिव गाउँले दिएका थिए ।
कार्यक्रममा महासंघले गत वर्षबाट सुरु गरेको एफएनजे वर्ष पुरस्कारबाट रामप्रसाद ढुंगेललाई सम्मानित गरियो भने नवप्रतिभा पुरस्कारबाट सुसान आचार्य सम्मानित गरिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप