जनता बैंकको वार्षिक साधारण सभामार्फत संचालक चयन
काठमाडौं– जनता बैंकको आठौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न साधारणसभाले संचालक समितिले प्रस्ताव गरेअनुसार आ.ब. २०७३÷०७४ को मुनाफाबाट चुक्ता पँुजीको १४.४ प्रतिशतले हुने रु. १ अर्ब ७० लाख ९१ ह्जार ९ सय ३५ शेयरधनीलाई बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । उक्तबोनस शेयरपछि बैंकको चुक्तापँुजी रु. ८ अर्ब ७ पुगी नेपालराष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पँुजीको मापदण्ड पुरा भएको छ ।
गत आ.ब मा साविकका जनता बैंक, त्रिवेणी विकास बैंकर सिद्धार्थ डेभलपमेण्ट बैंक आपसमा गाभिएर बनेको जनता बैंक नेपाल लिमिटेडको मर्जर पछाडीको यो पहिलो वार्षिक साधारणसभा हो । यस साधारणसभाले संचालक समिति सर्बसम्मत चयन गरेको छ । जसमा केशरबशादुर रायमाझी संस्थापक, लंकध बहादुर केसी संस्थापक, रामबहादुर भण्डारी संस्थापक, गौतमप्रसाद खनाल सर्वसाधारण, विविनता कुमार अग्रवाल सर्वसाधारण र संजिव न्यौपाने सर्वसाधारणको तर्फबाट रहेका छन् ।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा बैंकले ११३ शाखा, २६ शाखा रहित बैंकिङ्ग, २ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर तथा ६७ एटिएमहरु र १०२९कर्मचारीहरुमार्फत बैंकले ५ लाखभन्दा बढी ग्राहकलाई सेवा पु¥याउँदै आइरहेको छ ।
यसै आर्थिक बर्षभित्र मर्जर पश्चात दोहोरिएका शाखाहरुको स्थानान्तरण तथा थप नयाँ शाखा समेत गरी शाखा संजाल १२४ पु¥याउने लक्ष रहेको छ । बैंकको हाल रु. ५२ अर्ब १७ करोड निक्षेप र रु. ४८ अर्ब ३९ करोड कर्जा कारोवार रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणस्तरका कारण एसिया र युरोप अमेरिकामा प्रसिद्ध वाईवाई
-
राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस उपाधिका लागि भिड्ने
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार