बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एनआईसी एशिया म्यूचुअल फण्डको विक्री खुल्ला

आइतबार, ३० पुस २०७४, १० : ४८
आइतबार, ३० पुस २०७४

काठमाडौं– एनआईसी एशिया क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको एनआईसी एशिया ग्रोथ फण्ड माघ  २ गतेदेखि बिक्री खुल्ला हुदैछ ।

औषतमा बैंकहरुले दिने निक्षेपको बार्षिक प्रतिफल भन्दा म्यूचुअल फण्डले उच्च प्रतिफल दिने विश्वासले सर्वसाधारणहरुको म्यूचुअल फण्ड प्रति आर्कषण बढदै गइरहेको छ । उक्त म्यूचुअल फण्डले औषत बार्षिक रुपमा न्यूनतम १६ प्रतिशत सम्म नगद लाभाँश दिने अपेक्षा एन आई सी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेलले बताए । 

 साथै, म्यूचुअल फण्डको बार्षिक प्रतिफल पहिलो बर्ष १५.५७ तथा सातौ बर्षमा १६.१३ प्रतिशत दिने लक्ष्य लिएको छ ।

लगानीबाट प्राप्त आम्दानीको आधारमा प्रतिफल वितरण गरिने हुँदा यसबाट प्राप्त हुने प्रतिफल उच्च हुनेमा क्यापिटल विश्वस्त रहेको छ । साथै यस फण्डले आम्दानीको आधारमा आफ्ना इकाई धनिहरुलाई प्रत्येक बर्ष नगद लाभाँश वितरण गर्नेछ ।

उक्त फण्डको आकार १ अरव रुपैयाको रहेको छ । जस मध्ये सो को १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रवद्धक  एन आई सी एशिया बैंक लिमिटेडलाई सुरक्षित गरिएको छ । 

बाँकी रहेको ८ करोड ५० लाख इकाई विभिन्न संघ संस्था तथा व्यक्तिहरुका लागि बिक्री गरिनेछ । यो योजन छिटोमा माघ ८ गते तथा ढिलोमा माघ २१ गते सम्मा निष्काशन तथा बिक्री खुल्ला हुने बैंकले जनाएको छ । 

फण्डमा सहभागी हुन चाहाने संघसंस्था तथा व्यक्रिहरुले न्यूनतम १०० इकाई देखि अधिकतम् २० लाख इकाई सम्म खरिद गर्नका लागि आवेदन गर्न सकिनेछन ।

उक्त इकाईहरु नेपाल स्टक एकस्चेन्जमा सूचिकरण गराई धितोपत्रको दोश्रो बजारमा खरिद बिक्री गर्ने व्यवस्था मिलाईने कुरा प्रमुख कार्यकारी अधिकृत ढुङ्गेलले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप