शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनसेल मेला जाउलाखेल मैदानमा

आइतबार, ३० पुस २०७४, १० : ४३
आइतबार, ३० पुस २०७४

काठमाडौं–एनसेलले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक भई खुसीयाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन÷फोरजीको अनुभव प्रदान गर्न, शनिबार ललितपुरको जाउलाखेल फुटबल मैदानमा एनसेल मेला २०७४ आयोजना गरेको छ । विराटनगर र पोखरामा भव्यरुपमा आयोजना पश्चात यो मेला विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु सहित जाउलाखेलमा गरिएको हो । 

गीत संगीत लगायत सबै उमेर समुहका दर्शक तथा आगन्तुकहरुका लागि विविध रोचक कार्यक्रमहरु समावेश गरिएको मेला बिहान ११ बजे सुरु भई कम्सर्ट सहित साँझ ६ बजे सम्म चलेको थियो । 

 चर्चित कलाकारहरु शिव परियार, इन्दिरा जोशी, आषिश राना (लाउरे), चर्चित सांगीतिक समुहहरु कबवेभ र द एजले मेलामा सहभागी सबै दर्शकलाई आ(आफ्ना प्रस्तुतिहरु मार्फत मनोरञ्जन प्रदान गरेका थिए । 

मेलाको अरु आकर्षणहरुमा विभिन्न गेम स्टलहरु, किडस् जोन, फोरजी जोन र फुड स्टलहरु पनि रहेका थिए ।  

आगन्तुकहरुलाई मनोरञ्जन प्रदान गर्नका लागि मेलामा फोरजी थिममा आधारित पेपर प्लेन थ्रो, मिनी गल्फ, फ्रग जम्प र कार रेस जस्ता गेम्स्, फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेमहरु पनि रहेका थिए । 

“पोखरा र विराटनगरमा भव्य रुपमा मनोरञ्जन प्रदान गर्न सफल एनसेल मेलाले काठमाडौं उपत्यकामा पनि दर्शकहरुलाई आ(आफ्ना साथीभाई र परिवारजनसँग खुसीयाली साट्न राम्रो अवसर प्रदान गर्ने कुरामा हामी विश्वस्त छौं,” एनसेलका कर्पोरेर सर्भिसेज् निर्देशक प्रणय आचार्यले भने । “मेलामा आगन्तुकहरुले कम्पनीले २१ शहरमा प्रदान गर्दै आएको देशकै वृहद नेटवर्क भएको फोरजी सेवा लगायत अन्य सेवा र सुविधाहरुका बारेमा पनि जानकारी लिन सक्नेछन् ।”

यस अघि एनसेलले पोखरामा पुष ८ गते र विराटनगरमा पुष १५ गते एनसेल मेला २०७४ को आयोजना गरेको थियो । पोखराबाट शुरु भएको यो एनसेल मेला २०७४ शनिबार ललितपुरको जावलाखेल मैदानमा आयोजना पश्चात समापन भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप