अमेरिकाको हवाई राज्यमा मिसाइल आक्रमणको सूचनाले आतंक
न्युयोर्क । अमेरिकाको हवाई राज्यमा बालिस्टिक क्षेप्यास्त्र आक्रमण भएको सूचनाले त्यहाँका जना शनिबार आतंकित बनेका छन् । पछि उक्त सूचना गलत भएको बताइएको थियो ।
मोबाइल फोन प्रयोगकर्ताहरुले आफ्नो मोबाइलमा ‘बालिस्टिक क्षेप्यास्त्र हवाईलाई लक्षित भएर छाडिएको छ । तत्कालै सुरक्षित स्थानमा जानुहोस् । यो कुनै ड्रिल होइन,’ भन्ने सूचना पाएका थिए ।
राज्यका गर्भनर डेभिड इगले ‘कर्मचारीले गलत बटन थिचेको कारण गल्ती भएको’ भन्दै माफी मागेका छन् ।
अमेरिकी सरकारले यसबारे थप अनुसन्धान गर्ने बताएको छ ।
उत्तर कोरियाबाट हुन सक्ने सम्भावित क्षेप्यास्त्र आक्रमणबाट जोगिन सो राज्य मिसाइल अलर्ट सिस्टम राखिएको छ ।
गत डिसेम्बरमा राज्यले शीतयुद्ध यता पहिलो पटक न्युक्लियर वार्निङ सिस्टम पनि परीक्षण गरेको थियो ।
विहान ८ बजेर ७ मिनेट जाँदा मोबाइलहरुमा चेतावनीको सूचना आएको थियो । उक्त सूचना पश्चात टेलिभिजन र रेडियोमा समाचार प्रशारित भएको थियो ।
सूचना जारी भएको १८ मिनेटपछि इमेलबाट उक्त सूचना गलत भएको जानकारी दिइएको थियो भने ३८ मिनेटपछि मोबाइलमा पुनः सूचना पठाइएको थियो ।
गर्भनर इगका अनुसार इमर्जेन्सी म्यानेजमेन्ट सिस्टमका एक कर्मचारीको गल्तीको कारण यस्तो गलत सूचना प्रशारित भएको थियो ।
हवाई उत्तर कोरियाबाट सबैभन्दा नजिक रहेको अमेरिकाको राज्य हो । त्यही भएर उत्तर कोरियाले गरिरहेको पछिल्लो परमाणु परिक्षणबाट यस क्षेत्रका जनता त्रसित रहेका छन् । द स्टार एडभर्टाइजरका अनुसार उत्तर कोरियाबाट प्रहार गरेको क्षेप्यास्त्र बीस मिनेटमा हवाईसम्म आइपुग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा हुँदैन: प्रकाशशरण महत
-
प्रचण्डविरुद्ध खनिए बाबुराम–'चुनाव क्षेत्र छोडेर निस्वार्थ सहयोग गरेँ,अहिले मविरुद्ध अशोभनीय हर्कत गर्दै छन्'
-
१६ औँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभूत तत्त्व पहिलो प्राथमिकतामा पर्नुपर्छ: पूर्व अर्थमन्त्री खतिवडा
-
साइबर ब्यूरोले सोधपुछ गरेको युवकले सिटामोल खाएको पुष्टि
-
विश्व ट्रायथलन महासंघकी अध्यक्ष नेपालमा
-
१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री