शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महोत्तरीमा बालअधिकार कागजमै सीमित

आइतबार, ३० पुस २०७४, १० : ३५
आइतबार, ३० पुस २०७४

निकेश खनाल

बर्दिबास–महोत्तरीमा पछिल्लो समय बाल श्रमिककोे संख्या दिन वृद्धि हुँदै गएको छ । आर्थिक, विपन्नताका कारणले समस्यामा परेका बालबालिका दैनिक गुजारा चलाउन होटेल रेस्टुरेन्ट, यातायात, कलकारखानामा बाल श्रमिकका रूपमा काम गदै आएका छन् । 
बालबालिकाका क्षेत्रमा काम गर्ने दर्जनौं सरकारी तथा गैरसरकारी संस्थाहरूले बाल श्रम न्यूनीकरणका लागि करौडौं रुपैयाँ लगानी गरे पनि यो लगानी बालुवामा पानी हालेसरह भएको सरोकारवालाको भनाइ छ । 
जिल्लामा बालबालिकाका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी र बालमजदुरको कुनै पनि तथ्यांक नरहेको महिला तथा बालबालिका कार्यालयका बाल संरक्षण निरीक्षक रमेश कुमार राई बताउछन् । उनका अनुसार विगतमा तथ्याङ्क लिन खोजिए पनि सो को नक्साङ्कन  हुन नसकेकोले तथ्याङ्क संकलन गर्न नसकेको उनको भनाइ छ । 

बालबालिकालाई श्रममा लगाउनु कानुनविपरीत हो, पछिल्लो समय बाल श्रम बढ्दो छ । शिेष गरी यातायात, कलकारखाना, इँटा भट्टामा बाल श्रम बढ्दै गएको छ । 
जिल्लाका बजार बर्दिबास,जलेश्वर, रामगोपालपुर, सम्सी, मनहरा लगाएतका ठाँउमा बालवालिका बालश्रमिकको रुपमा कार्यरत छन् । जिल्लाका ठूलादेखि साना होटेल, मोटरसाइकल वर्कसप मोटर ग्यारेज, कलकारखाना र यातायात क्षेत्रमा खुलेआम बाल श्रम भइरहँदा पनि सम्बन्धित निकाय मौन छन् ।
बालबालिकालाई शारीरिक र मानसिक असर पर्ने गरी दबाबमा कुनै पनि काम लगाउनु हुँदैन । 
नेपालको  संविधान २०७२ को धारा ३९ को उपधारा ४  अनुसार कुनै पनि बालबालिकालाई कलकारखाना ,खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन पाइने छैन भनेपनि सो कुरा कागजमै सीमित भएको देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप