बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फेला परेको गोहीको उद्धार

आइतबार, ३० पुस २०७४, ०९ : ४८
आइतबार, ३० पुस २०७४

नवलपरासी - नवलपरासीको (बर्दघाट सुस्ता पूर्व) मध्यबिन्दु नगरपालिका– ११ मा फेला परेको गोहीलाई उद्धार गरिएको छ । 

स्थानीय श्री डिष्ट्रिलरी प्रालिको हाताभित्र फेला परेको करिब दुई फिट लम्बाइ रहेको बयष्क घडियाल गोहीलाई उद्धार गरी नारायणी नदीमा छाडिएको हो । 

शनिबार स्थानीयले गोहीलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । सेक्टर वन कार्यालय अरूणखोला, सशस्त्र प्रहरी चोरमारा, प्रहरी चौकी अरूणखोला र नेपाली सेनाको टोलीले उक्त गोहीलाई मध्यबिन्दु– १५ मा पर्ने नारायणी नदीमा लगेर छाडेको सेक्टर वन कार्यालय अरुणखोलाका इन्चार्ज अरुणकुमार मित्रले जानकारी दिए । 

नारायाणी नदीबाट आहारा खोज्दै गोही आएको हुनसक्ने अनुमान गरिएको मिश्रले बताए । 

करिब साढे दुई फिट लम्बाइ रहेको बयष्क घडियाल गोही फेला परेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप