बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

'सेतो कपालले केही गर्न सक्दैन भन्ने होइन, ८६ का गिरिजाले ५६ का प्रचण्डलाई डोर्याएकै हुन्'

आइतबार, ३० पुस २०७४, ०८ : ४८
आइतबार, ३० पुस २०७४

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मासँगको कुराकानी आजको अन्नपूर्ण पोस्टमा छापिएको छ । उक्त कुराकानीको केही अंशः
कांग्रेस रुपान्तरणका मुख्य कार्यसूची केके हुन् त ?
अब चाडै बस्ने पार्टी केन्द्रीय कार्यसमितिको बैठकले अबको कार्यसूची तय गर्ने छ । त्यसपछि हामी त्यही रोडम्यापमा अगाडि बढ्ने हो, तर निर्वाचनको सवालमा हामी निर्वाचन गराउन जति गम्भीर भयौं, निर्वाचन जित्न त्यति गम्भीरतापूर्वक लाग्न सकेनौं । 

हामी निर्वाचनमा गइरहँदा हाम्रो नेतृत्वलाई पहिल्यै थाहा थियो कि, हामी कमजोर छौं । तर पनि संक्रमणकाल अन्त्य हुन्छ भनेर हामीले निर्वाचन गरायौं । तर हामी जनतासँग सम्वाद गर्ने सवालमा कमजोर देखियौं । कांग्रेसले गरेका सत्कर्मलाई हामीले प्रचार गर्न सकेनौं । मुलुक ७५ जिल्लाबाट ७७ जिल्लामा परिणत भयो । सात वटा प्रदेश बने तर हामी हाम्रो पुरानै सांगठनिक संरचनामा कुनै सुधार नगरीकनै चुनावमा गयौं । 

प्रदेशस्तरीय कमिटी बनाउन सकेनौं । प्रदेशअन्तर्गत दुई प्रदेशस्तरीय समिति बनाउन सकेनौं । पदाधिकारी चयनदेखि सांगठनिक परिचालन सही ढंगले गर्न सकेनौं, जसको प्रतिफल चुनावमा देखियो । अब भने हामीले पार्टीको व्यापक परिवर्तनका कुरा गरिरहेका छौं । तर, मेरो विचारमा केन्द्रदेखि गाउँ तहसम्मैको नेतृत्व शैलीमा व्यापक परिवर्तनको खाँचो छ ।

के अहिले ७० कटेकाले विश्राम लिनुपर्ने आवाज उठेको छ । उमेरको हद ७० बर्ष कटेकालाई विश्राम दिनतिर कांग्रेस लाग्ला त ?
पार्टी निर्वाचनमा पराजित भएर फर्केपछि कतिपयलाई यस्तो लागेको छ कि, वृद्ध नेतृत्वलाई बिदा गर्नुपर्छ । तर मेरो बुझाइमा राजनीतिमा एज होइन कि एजेन्डालाई प्रधान मान्नुपर्छ । सेतो कपालले केही पनि गर्न सक्दैन भन्ने होइन र कालो कपालले मात्रै सबै राम्रो गर्छ भन्ने बुझ्नु गलत हुन्छ ।

२०४६ सालमा गणेशमानजीले पार्टी र जनआन्दोलनलाई नेतृत्व दिइराख्दा उहाँ ७६ बर्षको हुनुहुन्थ्यो । गान्धीकै कुरा गर्नुहुन्छ भने उमेरको उत्तरार्धमा धेरै महत्वपूर्ण काम गरेको देखिन्छ । तर, यसको अर्थ यो पनि हेइन कि युवाहरुलाई दिनु नै हुँदैन । पाका र युवा सबै विचारमा  एकतावद्ध भएर अगाडि बढ्नुको विकल्प छैन । 

नेपालको उदहारण दिँदा ८६ बर्षका गिरिजाप्रसादले ५६ बर्षका प्रचण्डलाई डोर्याएको पनि देखियो । अमेरिकामा ४६ बर्षका बाराक ओबामाले वृद्ध जोन म्याकेनलाई पराजय गरेको देखियो । उमेरमा पाको भए पनि नेल्सन मण्डेलाले दक्षिण अफ्रिकामा रंगभेदविरुद्ध आन्दोलनको नतृत्व गरेर सफलतामा पुर्याए । त्यसकारण युवालाई सुम्पिँदैमा कांग्रेस सुध्रिन्छ भन्ने होइन । कांग्रेस आवेगमुक्त भएर सबै मिलेर अगाडि बढ्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप