बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

आइतबार, ३० पुस २०७४, ०६ : ०७
आइतबार, ३० पुस २०७४

आजको राशिफल
बि.स.२०७४ पौष ३० गते ।  आईतबार । ईश्वी सन् २०१८ जनवरी १४ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९३९ । माघ कृष्ण पक्ष । तिथि त्रयोदशी ५० घडी १२ पला । नक्षत्र ज्येष्ठा १८ घडी ४६ पला,दिउसो २ बजेर २८ मिनेट उप्रान्त मूल । योग वृद्धि ०४ घडि ३० पला,बिहान ०८ बजेर ४६ मिनेट उप्रान्त ध्रुव । करण गर,दिउसो २ बजेर ० मिनेट उप्रान्त वणिज,रातको ३ बजेर ३ मिनेट उप्रान्त भद्रा । 

आनन्दादिमा काण योग । चन्द्रराशि बृश्चिक,दिउसो २ बजेर २८ मिनेट उप्रान्त धनु । 

काठमाडौंमा सूर्योदय ६ बजेर ५८ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर २८ मिनेट जादा । दिनमान २६ घडी १६ पला । 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) आफ्नो क्षमता प्रयोग गरि अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशि जीवन ब्यातित गरि रमाउँने समय रहेकोछ । जीवन साथि सँग रमाईलो यात्राको तय गर्न सकिनेछ भने एकल तथा साझेदारि व्यावसायबाट प्रशस्त आम्दानि गर्न सकिनेछ । साझपखको समय मध्ययम रहेकोले भौतिक सम्पति तथा सवारि साधन प्रयोेग गर्दा ध्यान दिनुहोला ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थले साथ दिनेहुँदा शाहसिलो काम गर्न सकिनेछ । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ । व्यापार बिश्तार गरि प्रशस्त रुपैया पैसा कमाउँनेछ । नयाँ ठाउको भ्रमण गरि संगितको सुमधुर धुनमा रमाउँन सकिनेछ । प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई परिणाम मुखि नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगति भएर जानेछ ।  

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) परिवार तथा सन्तानबाट  तपाईले गरेको काममा असहयोग हुँनाले काम थाति रहनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ भने बिभन्न अवसर आएपनि समय अभावले ति अवसरहरुलाई सदुपयोग गर्न सकिनेछैन । पेट सम्बन्धि समस्याले सताउनेछ हुँदा मानशिक तनाब बढ्नेछ । मध्यान्हपछिको समय राम्रो रहेकोले सत्रु परास्त हुँनेछन् भने अदालति निर्णयहरु तपाईकै पक्षमा आउँनेछन् भने अध्ययनमा सुधार भएर जानेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) घर जग्गा तथा सवारि साधनको व्यापार व्यावसायबाट सन्तोष जनक नाँफा कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहने छ । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछाडि परेको भान हुँनेछ  । छाति सम्बन्धि समस्याले नसताउँला भन्न सकिन्न । खोज तथा अनुशन्धानको क्षेत्रमा आफ्नै कारणले पछि परिने सम्भावना रहेकोछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) दाजुभाई तथा छिमेकिको सहयोगमा नयाँ काम गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । यात्राका क्रममा उपलब्धिमुलक नतिजाहरु हात पार्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुँनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले व्यापार व्यावसाय खस्केर जानेछ भने कृषि तथा पशुपालन व्यावसाय भने फस्टाएर जानेछ । घर परिवार तथा आफन्तलाई छोडेर यात्रा गर्नुपदा मन खिन्न हुँनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) कुनै पनि काम गदा वा कामको सवालमा निर्णय गर्दा ध्यान दिनुहोला गलत व्याक्तिको सल्लाह सुझाब मान्दा गलत निर्णयहरु हुँन सक्छन् । पारिवारिक माहोलामा सामेल भई मिष्टान्न भोजन लिने अवसर आएपनि खानपानमा ध्यान नदिदा सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । मध्यान्हबाट समय राम्रो रहेकोले माया प्रेममा सामिप्यता बढेर जानेछ । पढाई लेखाईमा सुधार गर्दै सकारात्मक नतिजा हात पार्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) मानव निर्मित भौतिक साधन स्रोतको प्रयोग तथा परिचालन मार्फत मनग्गे लाभ लिन सकिनेछ । व्यापारमा लगानि गरि आम्दानि बढाउँन सकिनेछ भने माया प्रेममा नजिक हुँने समय रहेकोछ । मध्यान्हबाट समय मध्ययम रहेकोले तयारि बिनानै कुनै कुरामा दिईने प्रवचन तथा भासणले कुनै अर्थ नराख्ने उल्टै साख गिराउँन सक्छ ध्यान दिनुहोला । खानपानमा ख्याल नगरे स्वास्थ्यमा समस्या आउँनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने स्वदेशि लगानिका बस्तुहरुको व्यापार खस्केर जानेछ । काम गर्दा ध्यान दिनुहोला काम बिग्रने तथा मान सम्मानमा आघात पुग्नेछ । लामो दुरिको यात्रा हुँनेछ भने मध्यान्हबाट समय राम्रो रहेकोले राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थना पाईने हुँनाले पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ । अध्ययनमा सफलता प्राप्त हुँने योग रहेकोछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आम्दानिमा प्रशस्त बढुवा हुँने तथा पुराना उठ्नुपर्ने रकम उठ्ने हुँनाले व्यापार व्यावसायमा लगानि बढाई मनग्गे लाभ लिन सकिनेछ । शिक्षा क्षेत्रमा लगानि बढाई प्रसस्त रुपैया पैसा संग्रह गर्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले लामो दुरिको यात्रा हुँने भएपनि बाटोमा समस्या आउँनेछ । माया प्रेममा धोका हुँनेछ भने स्वास्थ्य सम्बन्धि समस्या आउँने योग रहेकोछ । 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) प्रतिष्पर्धिहरुलाई हराउँदै नयाँ काम गर्ने अवसर आउँनेछ भने नोकरिमा पदोन्नतिको गतिलो सम्भावना रहेकोछ । राज्यबाट लाभ लिने समय रहेकोछ भने राजनितिमा सर्बसाधारणको गतिलो समर्थन रहनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारमा सबैसँग सौहार्दपुर्ण बाताबरणमा रम्न सकिनेछ । पैत्रिक सम्पतिको परिचालन गरेर आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राज्यसँग नजिक रहेको गरिने कुनै काम गर्दा ध्यान दिनुहोला पद घट्ने तथा बिभागिय कारबाहि हुँन सक्छ । व्यापार व्यावसायमा लगानि  गर्नको लागि मध्यान्हपछिको समय राम्रो रहेकोले साझपख खोज तथा अनुशन्धानको क्षेत्रमा लगानि गरि नाम कमाउँन सकिनेछ । नया व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ ।

तपाईको दिन शुभ रहोस् । 
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८०८३०७२७५

नोट  चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप