शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उपेन्द्र  यादवद्वारा कम्बल वितरण

शनिबार, २९ पुस २०७४, २१ : ४५
शनिबार, २९ पुस २०७४

सप्तरी- संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी निर्वाचन क्षेत्र नं २ अन्तर्गत छिन्नमस्ता गाउँपालिकाका दलित वस्तीमा आज कम्बल वितरण गरेका छन्  । 

सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका उहाँले करिब १५० मुसहर परिवारलाई कम्बल वितरण गर्नुभएको संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष दिनेश यादवले बताए  । दलित बस्तीका वृद्ध, विपन्न, अपांग, सुत्केरी, अशक्तलगायतलाई कम्बल वितरण गरिएको उनले जानकारी दिए  । 

यसैबीच, नेपाल प्रहरी श्रीमती संघले पनि तिरुहत गाउँपालिका वडा नं २ र ५ का स्थानीय दलित र विपन्न परिवारलाई कम्बल वितरण गरेको छ । करिब १०० घर परिवारलाई प्रतिव्यक्ति एक थान कम्बल, ज्याकेट र एक कार्टुन चाउचाउ वितरण गरिएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप