बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

शनिबार, २९ पुस २०७४, २० : २९
शनिबार, २९ पुस २०७४

कपिलवस्तु- ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा आज साँझ एकजनाको मृत्यु भएको छ । 

भैरहवाबाट तौलिहवा आउँदै गरेको लु २ त २७२७ नं को ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको लु ३२ प ५८१४ नं मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रुपन्देहीको मायादेवी गाउँपालिका–४ मोतिपुर बस्ने २५ वर्षीय रामबोध केवटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले जनाएको छ । 

ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका केवटको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप